MY NEPAL MY PRIDE…MY EVEREST MY HEAD.
नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे,नेपाल नै नरहे।
उचाइ हाम्रो चुलिन्छ कँहा हिमाल नै नरहे,हिमाल नै नरहे।।
An interview with an Egyptian man
Reporter: Do u speak English
Egyptian: Berfect
Reporter: Do u mind if I interview u
Egyptian: No, I don’t have a mind
Reporter: What’s your name?
Egyptian: Taha
Reporter: Sex?
Taha: I love it
Reporter: oh no, I meant male or female?
Taha(yelling) : what do u sink?
Reporter: it’s just for the sake of the report. Never mind… male….
Taha: No… I like female
Reporter: DO YOU WORK?
Taha: Yas, when I am not buzy..
Reporter: What about the economic problems in Egypt ?
Taha: I do not undurztand what u say
Reporter: Then where does all the money go?
Taha: Guvurment
Reporter: well , Ok…Do u vote?
Taha: What duz zat mean?
Reporter: Do u choose your president
Taha: Who, Mubarak?
Reporter: yes
Taha(nervously) : I didn’t give my voice..But if I was. I will give him my voice
Reporter: Why him?
Taha: Because he was an airoplane in za war..he waz za leadar airoplane
Reporter: what about the last 26 years?
Taha: I got marry..and have Ahmed an d Amira..and……….
Reporter: No, I meant Mubarak.
Taha: He also marry… and have…
Reporter: Thank you very much for ur time Mr. Taha
Taha: No broblem, only 10 bounds
Reporter: I never said i will pay u for this
Taha: ok okây¦. Zanks a lot
-नया नेपालक १४ राज्यको सिमान्कन कति ब्यभारिक,कति अब्यभारिक
कठै नेपाली नेताहरुको बुद्धि देखेर पनि दया लागेर आउछ कहिले कहिँ त. हेर्नुस न हालै संबिधान सभाको राज्य पुनर्संरचना समितिले बनेको संघिय राज्य हरुको नक्सांकन हेर्दा त मलाई त हाम्रा नेताहरुको बुद्धि देखेर डाको छोडेर रुन मन लाग्यो.के गर्ने हामी सर्बसाधारणको जति पनि बुद्धि छैन भने त्यो पद र कुर्सि छाडेर कुटो कोदालो गरेर छोरा छोरी पालना गए हुन्छ गाउतिर. बेकार मा जनताको रगत पसिनाले तिरेको करबाट तलब खाएर जागिरकै लागि मात्र किन सभासद् हुनु पर्यो र? हुन त मा नेपालको सबै ठाउमा पुगेको छैन र सबै ठाउको भौगोलिक बनोट पनि थाहा छैन तर सामान्यतया मैले नेपालको भूगोल पढेकै आधारमा भन्ने हो भने पनि यो सिमांकन कति अब्यभाहारिक र असमानुपातिक छ कि एउटा राज्यको नागरिक उसको राजधानी पुग्न अर्को राज्यको सीमाभित्र पस्नु त सामान्य नै होला तर अर्को राज्यको राजधानी मै बस बसेर फेरी अर्को गाडी चढेर जानु पर्ने छ. जनतालाई सुबिधा दिने नाममा जनतालाई नै मुर्गा बनाउने हाम्रा नेताहरुलाई अब हामीले पागल भन्नु बाहेक अरु के नै भन्न सक्छौ र? उदाहरणको को ताम्सालिंग, तमुवान वा मगरात राज्यलाई नै लिउ न. ताम्सालिंग राज्यका जनता आफ्नो राजधानी चौतारा पुग्न नेवा राज्यको राजधानी काटेर कयेउ कोष टाढा चौतारा पुग्नु पर्ने भयो….तमुवान अन्तर्गत मुस्तांग का जनता आफ्नो राजधानी पोखरा आइपुग्न मगरात राज्यको म्याग्दी,बाग्लुंग र पर्बत टिन जिल्ला काटेर पोखरा आइपुग्नु पर्ने भयो अनि बाग्लुंग म्याग्दी र पर्बत जस्ता मगरात राज्यका जनता आफ्नो राजधानी तानसेन पुग्न तमुवान राज्यको राजधानी पोखरामा एकदिन बास नै बस्नु पर्ने भयो………..
-माधव नेपाल लाइ खुला पत्र
माननीय मुख्य मन्त्रि
माधव कुमार नेपाल ज्यु,
नेपाल प्रदेश, भारत
बिषय :- माओबादीलाई लिट्टे बनाउने बारे
महोदय,
प्रस्तुत बिषयको सम्बन्धमा तपाईलाई मुख्य मन्त्रि को पदमा पदासिन गराउने बेलामा हाम्रो अन्नदाता पम्पुज्य भारतको केन्द्रीय सरकारले गरेको निर्णय र तपाईलाई दिएको अख्तियारी अनुशार माओबादीलाई लिट्टे झैँ सखाप पार्ने वा अर्को चुनवमा १५ /२० सिट भन्दा माथि ल्याउनै नसक्ने गरि थला परी सके पछी नेपाल प्रान्तलाई औपचारिक रुपमै भारतमा घभिएको घोषणा गर्ने जुन सहमति भएको थियो तेस्मा तपाइले बोल्ने बाहेक केहि पनि गर्न सक्नु भएको देखिन नआएकोले तपाइलाई अन्तिम पटक चेतावनी स्वोरुप यो निर्देशन पत्र पठाउने केन्द्रीय सरकारको निर्णय अनुशार यो पत्र पठाएका छौ. अबको टिम महिना भित्र पनि मोबदिलाई सखाप पार्ने वा उनीहरुलाई सखाप पार्न नसके पनि उनीहरुलाई र नेपालि जनताको अभिमतलाई पेलेरै भए पनि हाम्रो महान भारतको एक अभिन्न अंगको रुपमा रहेको नेपाल प्रान्तलाई औपचारिक रुपमा भारतमा गाभ्ने काम मा प्रगति नभएको खण्डमा तपाइलाई नेपालको मुख्य मन्त्रि बाट घोक्रेठ्याक लगाई अर्को बिकल्प कठपुतलीको खोजि गर्न वा सोझै बिहारका मुख्य मन्त्रि बाट नेपाल प्रान्तको शासन सत्ताको पनि संचालन गर्ने ब्यबस्था मिलाउन भारत केन्द्र सरकार बाध्य हुने कुरा कडाइका जानकारीका साथ निर्देशन जारी गरिएको छ
जय हिन्द
राकेश शूद
भारत केन्द्रीय सरकारका तर्फबाट
नेपाल गवर्नर
-उपप्राध्यापकले गरे श्रीमतीको हत्या
काठमाडौं, २५ पुस : भाउजूसँग यौनसम्बन्ध राख्दै आएका एक उपप्राध्यापकले घटना सार्वजनिक हुने डरले श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ । सोही कारण पहिलो श्रीमतीबाट समेत डिभोर्स पाएका उनले दोस्रो श्रीमतीलाई १५ मंसिरमा काठमाडौं ल्याई हत्या गरेका थिए ।
महेन्द्र मोरङ क्याम्पसमा बायोलोजी विषय पढाउँदै आएका उपप्राध्यापक धीरेन्द्रलाल कर्णले मधुवन-६ सुनसरीस्थित माइती बस्दै आएकी दोस्री श्रीमती रन्जुलाई मनकामना दर्शन गर्न जाऊँ भनी गत १५ मंसिरमा काठमाडौं ल्याएका थिए । सोही रात कालीमाटीस्थित न्यु कालीमाटी गेस्टहाउसमा उनको हत्या भएको अनुसन्धानमा खुलेको छ । तर, प्रहरीले होटल-सञ्चालकको जानकारीका आधारमा १७ मंसिरमा गेस्टहाउसको कोठा नं. १०४ बाट रन्जुलाई मृत अवस्थामा फेला पारेको थियो । उनको शव सर्वांग नांगो अवस्थामा भेटिएको थियो । मृतकका साथमा पाइएको मोबाइलबाट शवको पहिचान भएको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी भोला रावलले घटनाको प्रकृति र मृतकका आफन्तको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यानमुद्दाअन्तर्गत कारबाही अघि बढाइएको बताए । ‘विराटनगरस्थित प्रहरी कार्यालयलाई पत्राचार गरेर अभियुक्तको खोजी तीव्रताका साथ गरिरहेका छौँ,’ डिएसपी रावलले नयाँ पत्रिकासँग भने ।
मृतकका आफन्तका अनुसार आरोपी कर्णले लामो समयदेखि आफ्नी भाउजूसँग यौनसम्बन्ध राख्दै आएका थिए । सोबारे थाहा पाएपछि उनले श्रीमती रन्जुलाई माइतै बस्न पठाएका थिए । दुई वर्षअघि रन्जुसँग दोस्रो बिहे गरे पनि उनीहरूको सन्तान भने भएको थिएन । कर्णले भारत विहारकी युवतीसँग पहिलो बिहे गरेका थिए । तर, भाउजूसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि पहिली श्रीमतीले कर्णसँग सम्बन्धविच्छेद गरी आफूले ल्याएको दाइजोसमेत फिर्ता लगेकी थिइन् ।
आरोपी कर्णले १५ मंसिरमा माइतै रहेकी श्रीमती रन्जुलाई उनकै मोबाइलमा फोन गरी मनकामना दर्शन गर्न जाऊँ भनी सुनसरी लौकहीचोक बोलाएका थिए । उनले श्रीमतीलाई यसबारे कसैलाई केही नभन्न र शरीरमा लगाएको लुगाबाहेक केही नलिई आउन अह्राएका थिए ।
तर, रन्जुले श्रीमान्ले मनकामना दर्शन गर्न जाने भनी बोलाएको जानकारी कान्छी बहिनीलाई सुटुक्क दिएकी थिइन् । मृतक रन्जुकी बहिनी पुनमले भनिन्, ‘दिदी बिहान ११ बजेतिर भिनाजुलाई भेट्न लौकही जाँदै छु, साँझसम्ममा र्फकन्छु भनेर जानुभएको
थियो, तर र्फकनुभएन ।’ रन्जुले श्रीमान्ले नदेख्नेगरी साथमा मोबाइल पनि बोकेकी थिइन् । मृतकको साथमा फेलापरेको सोही मोबाइलबाट प्रहरीले मृतकको पहिचान गरेको हो ।
उपप्राध्यापक कर्णले रन्जुलाई लौकहीबाट मोटरसाइकलमा राखी इटहरी पुर्याएका थिए । विराटनगरस्थित एयरपोर्टमा छाडेर श्रीमान् पैसा झिक्न बैंक गएको मौकामा रन्जुले भान्जा रञ्जितलाई आफ्नो मोबाइलबाट फोन गरी सो जानकारी गराएकी थिइन् । ‘म अहिले एयरपोर्टभित्र छु, तेरो मामासँग काठमाडौं जाँदै छु, उहाँ अहिले पैसा झिक्न बैंक जानुभएको छ,’ रञ्जितले माइजुसँग अन्तिम कुरा यसरी भएको बताए ।
अनुसन्धानका क्रममा आफ्नी भतिजीको हत्या भएको थाहा पाएपछि काका कौशल कर्णले महानगरीय प्रहरी वृत्त कालीमाटीमा ज्वाइँ धीरेन्द्रलालविरुद्ध किटानी जाहेरी दिएका थिए ।
‘रन्जुलाई हत्या गर्ने योजना बनाएरै काठमाडौं लगेका रहेछन्,’ मृतकका काका कौशलले भने, ‘हामीले कल्पना पनि गरेका थिएनौँ, ज्वाइँले नै छोरीको हत्या गरे ।’
रन्जुले हत्या हुनुअघि आमासँग पनि श्रीमान्को मोबाइलबाट करिब १५ सेकेन्ड कुरा गरेकी थिइन् । ‘छोरी कसैलाई नभनी कहाँ गई भनेर चिन्ता लागेको थियो, १५ गते साँझ साढे सात बजे ज्वाइँको मोबाइलबाट फोन गरी,’ रन्जुकी आमा सुचिताले भनिन्, ‘कहाँ छौ छोरी भनेर सोध्दा अहिले भन्न मिल्दैन, तपाईंहरू खाना खाएर सुत्नुहोला भनी ।’
सोही रात कर्णले रन्जुलाई तकियाले मुख छोपेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । आरोपी कर्ण १६ गते बिहान चिया खान जाने भन्दै होटलबाट बाहिरिएका थिए । तर, दुई दिनसम्म नर्फकेपछि गेस्टहाउस सञ्चालकले १७ गते प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रावलका अनुसार रन्जुको लास नांगो र सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।
उपप्राध्यापक कर्णले १५ मंसिरमा पनि क्याम्पसमा हाजिर गरेका छन् भने १६ गते पनि क्याम्पस रजिस्टरमा उनको हाजिर छ । घटना सार्वजनिक भएपछि भने उनी क्याम्पस आउन छाडेको क्याम्पस प्रशासनले जनाएको छ ।
कर्णले किन र कसरी गरे हत्या ?
साँझ काठमाडौं आइपुगेका उपप्राध्यापक कर्णले १५ गते न्यु कालीमाटी गेस्टहाउसमा जयेन्द्र देव नाम र नेपालगन्ज ठेगाना बताई श्रीमान्-श्रीमती बस्ने भनी १०४ नम्बरको कोठा चार दिनका लागि बुक गराएका थिए ।
विराटनगर-१३ तीनटोलिया निवासी धीरेन्द्रलाल कर्ण सम्पन्न परिवारका व्यक्ति हुन् । तीन दाजुभाइमध्ये उनी कान्छा हुन् । उनका एक भाइ डिएफओ र अर्का इन्जिनियर छन् ।
उपप्राध्यापक कर्णले भारतको विहार राज्यको एक गाउँकी युवतीसँग पहिलो बिहे गरेका थिए । पहिलो श्रीमतीसँग छोडपत्र भएपछि दुई वर्षअघि उनले रन्जुसँग बिहे गरेका थिए । उपप्राध्यापक कर्णको आफ्नै भाउजू रीतादेवी कर्णसँग नाजायज सम्बन्ध रहेको थाहा पाएपछि पहिली श्रीमतीले उनीसँग छोडपत्र गरेकी रन्जुकी माइती पक्षको भनाइ छ ।
आमा सुचिताको बयान
हाम्रो परिवार आर्थिक रूपले एकदमै कमजोर छ । दैनिक ज्यालामजदुरी गरेर जीविका धान्दै आए पनि छोरी रन्जुलाई आइएडसम्म पढाएका थियौँ । मधेसी समुदायमा दाइजोप्रथाले गर्दा छोरीको बिहे ठूलो समस्या हो । राम्रो घर र वर खोज्नु देवता खोजेसरह हो । साहिँलो भाइ र भतिजीले धीरेन्द्रलालको कुरा ल्याए । सम्पत्तिवान, त्यसमा पनि उपप्राध्यापक । सुशील, व्यावहारिक र जागिरे भनेर आफ्नै भाइ र भतिजीले प्रस्ताव ल्याएपछि पछि हटेनौँ । एक दिनमै कुराकानी पक्कापक्की भयो । ज्वाइँले पनि दाइजो नलिने, उल्टै विवाहमा लाग्ने खर्च करिब ७५ हजारसम्म दिने कुरा गरे । हामीले छोरीलाई पैसामा नबेच्ने भन्दै खर्च लिन अस्वीकार गर्यौँ र सकेजति गरगहना, दाइजो दिएर गाउँकै दुर्गा मन्दिरमा विवाह गरिदियौँ ।
ज्वाइँको त आफ्नै भाउजू रीतादेवीसँग नाजायज सम्बन्ध रहेछ । श्रीमतीसँग कहिल्यै संसर्ग नगरेकाले पहिलो श्रीमतीले छोडपत्र दिएकी रहिछ । यो हामीले छोरीको बिहेपछि मात्रै थाहा पायौँ ।
छोरीले पनि यस्तो सम्बन्धबारे थाहा पाइछे । त्यसको विरोध गरेका कारण उसलाई माइतै ल्याएर छाडिदिए । बिहे भएपछि कसको मन हुँदैन र श्रीमान्सँगै बस्ने, तर भाउजूसँगको नाजायज सम्बन्धका कारण त्यो पापीले मेरो छोरीलाई कहिले माया गरेन । भाउजूसँगको सम्बन्ध पर्दाफास हुने डरले मेरो छोरीलाई मनकामना लैजाने बहानामा काठमाडौं पुर्याएर हत्या गर्यो ।
नैतिकताको पाठ पढाउने मान्छेले नै यस्तो अपराध गर्छ भन्ने मेरी छोरी त के कसैले पनि कल्पना गर्न सक्दैन । त्यो पापी हत्यारालाई कहिल्यै शान्ति नमिलोस् । कानुनले सजाय दिए पनि नदिए पनि त्यसलाई भगवान्ले कहिल्यै माफी दिने छैनन् ।
-जाकरियाको किताब जलाइयो
सिन्धुपाल्चोक जिल्लाको चौतारामा ‘सिन्धु साहित्य समाज’ ले भारतीय मूलका अमेरिकी नागरिक तथा अमेरिकी लेखक फरिद जाकरियादले लेखेको ‘द पोस्ट अमेरिकन वर्ल्ड’ नामक पुस्तक जलाइदिएका छन्। सो पुस्तकमा भगवान् बुद्ध भारतीय हुन् र बुद्धत्वको प्रादुर्भाव पनि भारतमा नै भएको भनी भ्रामक प्रचारबाजी गरेर लेखिएका कारण पुस्तक जलाएको सिन्धु साहित्य शृङ्खलाका अमित घिमिरेले बताए। उनले नेपाल र नेपालीहरुको स्वाभिमानमाथि नै आँच आउने कुरालाई लिएर नेपालीहरुले विरोध नगरेकाले आफूहरुले यसको सुरुवात गरेको बताउनुभयो। त्यस्तै सोही शृङ्खलाका साहित्यकार कला अनुरागीले नेपालको सन्दर्भमा भारतीय शासकवर्गहरुले नियोजित रुपमा नै यस्ता कुराहरु पटकपटक उठाइरहेका छन्, जाकरियाद्वारा लेखिएको सो पुस्तक पनि त्यसकै एउटा शृङ्खला हो भन्दै यस्तो बेला सबै सचेत लेखकहरु एक भएर यसका विरुद्ध लाग्नुपर्ने बताए। रासस
http://www.facebook.com/pages/Fareed-Zakaria/112791451329
सबै नेपाली मिलेर विरोध गरौँ यसबारे। तर सभ्य भाषामा है। तपाईँको प्रत्येक शब्दले पूरै नेपालीको प्रतिनिधित्व गरिरहेको हुन्छ
तलको कान्तिपुरबाट साभार-
फरिद जाकरिया सुपरिचित अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक हुन् । अमेरिकाबाट प्रकाशित हुने न्युजविक साप्ताहिकका सम्पादक, अन्तर्राष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका सञ्चालक पनि । द पोस्ट अमेरिकन वल्र्ड’ पुस्तकमा १ सय ५४ पृष्ठको अन्तिम प्याराग्राफमा गम्भीर र आपत्तिजनक प्रसंग जाकरियाले ‘हिन्दुविश्व दृष्टिकोण’ भन्ने उपशीर्षक अन्तर्गत लेख्छन्, ‘बुद्ध भारतीय थिए र बुद्धिजम भारतमा पत्ता लगाइएको थियो तर त्यो देशमा वास्तवमा कुनै बुद्धिस्ट छैनन् । बुद्ध दर्शनका लागि नेपाल आउने लाखौं कोरियन, इन्डोनेसियाली, चाइनिज, जापानी, थाई वा संसारको जुनसुकै देशका बौद्धिस्टहरूले जाखरियाको यो किताब पढेपछि के भन्लान् ? तर जे भए पनि बुद्धबारे कम जानकारी राख्ने बाँकी विश्वमा जाकरियाको त्यो भनाइले ठूलो भ्रम सिर्जना गरेको छ । जान वा अञ्जानमा लेखिएको उक्त वाक्यलाई जाकरियाले फिर्ता लिनुपर्छ । आगामी संस्करणमा त्यसलाई सच्चाउनुपर्छ । उनीजस्तो जिम्मेवार बौद्धिक व्यक्तित्वले नेपाली जनता र विश्वबौद्धिक समुदायसामु गल्ती लेखिन गएकोमा क्षमायाचना गर्नुपर्छ । के फरिद जाकरिया त्यसका लागि तयार होलान् ?एक सामान्य मानिसको अज्ञानताबाट बुद्ध भारतीय हुन् भन्ने लेखिएको भए त्यसलाई गम्भीर रूपमा उठाउनुपर्ने थिएन । विश्वको चर्चित मिडियाका जिम्मेवार र चर्चित व्यक्तिले आधिकारिक रूपमा विश्वसामु पस्केको गल्तीको पुलिन्दालाई चुपचाप सहन मन मानेन । अमेरिकी मिडियामा गोएवल्स शैलीको वर्चश्व रहने गरेका छ । अमेरिकी मिडियामा काम गर्ने संसारको जुनसुकै देशमा जन्मेको भए पनि त्यो शैलीको प्रभाव पर्नु स्वाभाविकै हो । गौतम बुद्ध साँच्चै भारतीय हुन् भनेर प्रमाणित गर्न जाकरिया तयार छन् । यदि त्यसो होइन भने र उनी जिम्मेवार लेखक, विश्लेषक र पत्रकार हुन् भने उनले विश्वसामु आफ्नो मिडियामार्फत भूल स्वीकार गरेर आफ्नो इमानदारी प्रकट गर्ने साहस गर्नुपर्छ । के त्यो सम्भव होला ?
-कमरेड जेएनको चोरऔँलो
नेकपा-एमाले आप\mनो अस्तित्वको ‘हो’ र ‘होइन’को कष्टप्रद दोसाँधमा रुग्ण स्वरमा कनिरहेछ । र, एमालेका आलंकारिक अध्यक्ष कमरेड जेएनको अस्तित्व पनि ‘हो’ र ‘होइन’कै दोसाँधमा छ । श्रमिक वर्गीय आदर्श र निष्ठासहितको कम्युनिस्ट रहने कि आदर्श र निष्ठाबाट पूरापूर च्युत भई दक्षिणपन्थमा गिरेर सकिने ? अवस्था यस्तो छ, नेकपा एमालेको पनि र कमरेड जेएनको पनि । संस्था र संस्था-प्रमुख दुवै नै भित्तेघडीको अस्थिर लंगुरभै“m हल्लिरहेका छन् । घरि वाम भित्तोतिर, घरि दक्षिण भित्तोतिर । यिनको धरमरे, धुकचुके र ल्याङप\mयाङे हविगत देख्दा लाग्छ, यी पुग्ने ठाउँ अस्तित्वको रसातल नै पो हो कि ! यसपटकको मई दिवसको कुरा हो । श्रमिक वर्गको महान् उत्सवको त्यो दिन एमालेगण भृकुटीमण्डपको शीतल, शान्त, सुरक्षित र आरामदायी सभाकक्षमा जुट्यो । गौड गरेर हेर्दा देखेँ— त्यहाँ जुटेका सबै जन ब्रोइलर कुखुराजस्ता छन्, अति निम्छरा, शुष्क र सुस्त । श्रमिकजस्तो श्रमिक त्यहाँ एउटा पनि छैन । नजिकै सहिदमञ्च टुँडिखेलमा नेकपा-माओवादीको मई दिवसको भेला थियो । सानो जनसागरै भन्न मिल्ने त्यस भेलामा घामले अनुहार डढेका, हातमा ठेला उठेका र लाबरका चप्पल लाएका जनहरूको बाहुल्य थियो । त्यहाँ श्रमिक भन्न मिल्ने जनहरूको बगालै थियो । अनि, ती थिए च्याखुने कुकुराजस्ता । दरिला, जोसिला र फुर्तिला । सोचेँ— ०५२ सालअघिसम्म ती अधिकांश जन आखिर नेकपा-एमालेमै त थिए । एमालेले श्रमिक वर्गीय आदर्श त्याग्दै गयो, ती एमालेलाई त्याग्दै गए । एमाले ‘म खाउ“m मै लाउ“m’को व्यक्तिवादतिर लहसियो, ती ‘तै-तै यल्ले पो केही गरिहाल्ला कि’ भनेर माओवादीतिर लहसिए । श्रमिकको हक र मुक्तिको छनक दिने नाम ‘एमाले’ त एमालेले अझै छाडेको छैन, तर श्रमिकगणले भने उसलाई भसक्कै छाडिसके । यहीँबाट सुरु भयो एमालेको अस्तित्वको दयनीय दोसाँध ! श्रमिक वर्ग कम्युनिस्ट पार्टीको जग हो । माक्र्सवादी सिद्धान्त कम्युनिस्ट पार्टीको छानो हो । दूरदर्शी नेतृत्व, जोदाहा कार्यकर्ता र तीक्ष्ण बौद्धिक जमात कम्युनिस्ट पार्टीका खम्बा, भित्ता र झ्यालढोकाहरू हुन् । एमालेको जग छैन । छानो फिलफिले प्लास्टिकको जस्तो छ । बीचको संरचनाको आकार अझै विशाल छ । तर, यो जगविहीन शून्यमा तुन्द्रुंग झुन्डिएको छ । पहिले जबजलाई दक्षप्रजापतिको संज्ञा दिने र अहिले त्यही दक्षप्रजापतिका प्रवक्ता बन्न विवश जेएन एमालेको यही तुन्द्रुंग अस्तित्वका आलंकारिक नायक हुन् । कटु यथार्थ नियाल्दा लाग्छ, एमालेका वास्तविक नायक त केपी गुरु पो हुन् । कति वास्तविकता हो र कति भ्रम हो जगत् जानोस्, जेएन एमालेको वामपन्थका अस्थिर ध्वजावाहक मानिन्छन् । तर, केपी मानिन्छन् एमालेको दक्षिणपन्थका जब्बर जोदाहा । यी दुई हस्तीको चिन्तन, मुद्रा र शैलीमा आकाश-जमिनको फरक छ । वाचाल केपी आप\mनो मान्यतामा सधैँ स्पष्ट छन्, सधैँ अडिग छन्, सधैँ सुसंगत छन्, सधैँ पारदर्शी छन् । तिनका राख्ने र फार्ने कुरा छैनन् । जनआन्दोलनताका तिनको चिन्तनको चुरो राजतन्त्रतिरै थियो । संविधानसभाको पैरवी गर्ने कार्यकर्तालाई ती होच्याउँथे । गणतन्त्रको आग्रह गर्नेहरूलाई ती गिज्याउँथे । राजतन्त्रनिषेधी आन्दोलनमा जेएनले एमालेगणको नेतृत्व गरिरहँदा केपी कौसीमा कुर्सीमा बसेर खुट्टा हल्लाउँदै मस्त मुद्रामा रमिता हेरिरहेका थिए । तन र मन दुवै हिसाबले जेएन शास्त्रीय ढाँचाका मानव हुन् । किञ्चित् भद्दा र ढिला । चिन्तनमा प्रायः अस्पष्ट, अडानमा सधैँजसो धुरमुरे । केपीका मुखारविन्दबाट कटाक्षकारी तुक्काहरू स्वस्फूर्तरूपमा दुलाबाट कमिलाको गोलो निस्केभै“m ह्वारह्वार्ती निस्किन्छन् । जेएनलाई ‘हाम्रा हातमा पनि दही जमेको छैन’ भन्न तीन दिन लाग्छ । केपी संविधानसभाको चुनावमा पराजित दुःखी हुन् । यिनले बटौली जम्बोरीमा पार्टी अध्यक्षको चुनावमा पनि हावा खाएकै हुन् । जेएन हुन्, यी दुवै चुनावमा बाजी मारेका भाग्यमानी मानव । तर, एमालेमा केपी विजयी भाग्यमानीजस्ता देखिन्छन्, जेएन पराजयी दुःखीजस्ता । पार्टीमा केपीको दक्षिणपन्थ तेजस्वी, ओजस्वी र हुंकारमय देखिन्छ । जेएनको वामपन्थ देखिन्छ— निस्तेज, ओजविहीन, निरुपाय र शुष्क । हार्नेले जित्नेको स्थान हडप्नु र जित्ने हार्नेको दर्जामा गिराइनु यो एमालेभित्रको विद्रुप दृश्य हो । दक्षिणपन्थी रंगको वर्तमान सरकार यही विद्रुप दृश्यको प्रतिविम्बन हो । आप\mना कथनी र करनीमा सधैँ मेल खानु केपीको दक्षिणपन्थको जब्बर सबलता हो । आप\mना कथनी र करनी सधैँ बाझ्नु जेएनको वामपन्थको भयंकर दुर्बलता हो । आन्दोलनताका केपी नरेशपथगामी थिए । पछि उपप्रधानमन्त्री हुँदा यिनले खुबै गम खाएर रायमाझी आयोगको प्रतिवेदनअनुसार राजालाई कारबाही गर्नै नपर्ने दिव्यवाणी जारी गरे । अहिले शान्ति-सम्झौताअनुसार सेना समायोजन गर्नै नहुने यिनको खरो मत र दह्रो अडान छ । माओवादीसँग पानी बाराबारको नाता बनाउने र कांग्रेससँग प्रगाढ मितेरी साइनो गाँस्ने यिनको अटल मान्यता छ । यी जे भन्छन्, बर्कतबुताले भ्याएसम्म त्यो गरेरै छाड्छन् । तर, जेएनको मामिला सर्वथा विपरीत छ । ऊबेलाका महारथी रुक्मांगद कटवाललाई कारबाही गर्ने कुरामा यिनको समर्थन बज्राँठतुल्य बलबान् थियो । पछि सो कारबाही बदर गरिपाऊँ भनी राष्ट्रपतिलाई गुहार्ने अठार भाइमध्ये रोलनम्बर एक यिनै हुन गए । निहुरिएर पहिलो नम्बरमा बाहुली-निसानी यिनैले प्रदान गरे । जेएनले सारा दुनियाँले सुन्ने गरी एकचोटि होइन, बीसौँचोटि भने— राष्ट्रिय सरकार बनाउन, माओवादीलाई त्यसमा भित्र्याउन, भुत्ते शान्ति-प्रक्रियामा पाइन हाल्न र संविधान बनाउने कामलाई साकार रूप दिन उस्तै परे एमालेले त्याग गर्नुपर्छ । यस त्यागको स्पष्ट अर्थ थियो, माधव गुरुबाट प्रधानमन्त्री पद त्याग गर्नु । तर, हालैको बैठकमा जेएन आप\mनो पार्टीका दक्षिणपन्थी जोदाहाहरूबाट त्यसरी घेरिए जसरी भोका कमिलाको गोलोले जिउँदो फट्यांग्रोलाई घेर्छ । तिनबाट यी चिमोटिए, यी टोकिए, यी लछारिए, पछारिए, यी घिसारिए र यी लल्याकलुलुक गले । अनि, झापातिरबाट एउटा आवाज आयो । आवाजले भन्यो— वर्तमान सरकारको विकल्प सपनामा पनि सोच्न सकिँदैन । संविधान बनाउने सरकार यही हो, यही हाम्रो माधव सरकार । शान्ति-प्रक्रियालाई टुंगोमा पुर्याउने योग्यतम सरकार यही हो, यही हाम्रो माधव सरकार । कुरा सुन्दा बोल्ने को होला भनी म अल्मलिएँ । पछि थाहा भयो, केपीको दक्षिणपन्थमा मिसिएर जेएनको वामपन्थको प\mयुजन भएछ । बोल्ने मुख छ जेएनको, बोलिएको बात छ केपीको । हेर्छु, जेएनत्वसहितको जेएन अस्तित्वमै छैन । त्यो केपीको हंसमा घुस्यो, त्यसमा घुलमिल भयो र त्यहीँ बिलायो । के केपीमा जेएनको यो विलय एमालेको रुग्ण वामपन्थको दक्षिणपन्थमा लाचार आत्मसमर्पण हो ? हिजो बोल्ने जेएन को हो, आज बोल्ने जेएन को हो ? एमालेभित्र जेएन कति थान छन् ? वामपन्थ आजको ठोस धरालतमा उभिएर हिजोका अनुभवहरूको स्मरण गर्दै भोलिको मार्गचित्र कोर्ने सशक्त र जीवन्त स्मृति-शृंखला हो । हिजोको स्मृति आजै विस्मृत हुने जेएन कमरेडको वामपन्थ कताका कसको खटनपटनसामु लत्रिएर छिन्ने काँचो धागो हो ? हिजोको आप\mनो बोली, आप\mना वाचा र आप\mनो आत्मसम्मानलाई उपहास गर्दै जेएनको दाहिने हातको चोरऔँलो सुस्तरी उठ्यो, पलभर टक्क स्थिर भयो र सुस्तरी तल झर्यो । औँलाले मानौँ भनिरहेको थियो— हाम्रा हातमा पनि दही जमेको छैन । पार्टीभित्रको दक्षिणपन्थसामु हरिबिजोकसँग लत्रिएका जेएन गुरुले यो कसलाई के भनेका होलान् ?
-हरिहर दाहालको”प्रसन्ग भोटिनि बाहुन र बिकशको”
स्तम्भकार हरिहर दाहाल ले डि.सि. नेपाल डट कम को २००९ डिसेम्बर ६ को अन्कमा “प्रसन्ग भोटिनि बाहुन र बिकशको”शिर्षक लेखमा उठाउनु भएको कुरा एकदम जायज र मननीय छ.हाम्रो समाज मा समाज रुपान्तरणको भाषण गरेर कहिलेइ नथाक्ने..चुवाछुत् र जति प्रथाको अन्त्य हुनुपर्छ भनेर घोक्रो फुलुन्जेल भट्याउने तर ब्यभाहरमा यिनै कुरालाई पक्षपोषण गर्दै र मलजल गर्दै हुर्काई हिड्ने पिपल पाते नेताहरु,सामाजिक कार्यकर्ता भनौदा समाजका धमिरा हरु र परिबर्तन लाई आत्मसात गर्न नसक्ने पुरातन सोच भएका हामी युवा हरुको कमीकमजोरीको कारण आज एक्कैसौ शताब्दीमा आइपुग्दा पनि हामी १६औ शताब्दीकै विचार र कुसस्कर लाई मन लाएर वा नालायेर पनि पाली राख्न बाध्य छौ.दाहाल जी को जीवन कथा संग मेरो पनि कथा मिल्दो रहेछ तेसैले दुइचार कुरा लेखिरेछु. मा गिरी थरको मान्छे अनि प्रेम बिबाह हुन पुग्यो पुन(मगर) थरकी केटिसंग. मा तेतिबेला एमाले को अनेरस्वोबियु को जिल्ला कमिटिको अध्क्षय को रुपमा काम गर्थे भने मेरी प्रेमिका चाही सोहि संगठनको राष्ट्रिय परिषद्को सदस्य थिइन्.मेरा आफ्नै दाजु भने एमाले क जिल्ला कमिटिका सदस्य थिए. मलाई पुरा आशा र बिश्वास थियो कि पार्टी को तर्फ बाट र घरबाट पनि कमसेकम दाजु बाट त मैले सहयोग र समर्थन पाउछ मेरो अन्तरजातीय प्रेम र बिबाहाले तर कस्तो बिडम्बना घटना उल्टो हुन पुग्यो. तेही दाजु जो एमाले को जिल्ला कमिटिको सदस्य थिए उनि नै मेरो अन्तरजातीय प्रेम र बिबाहको पहिलो दुश्मन हुन पुगे र उनले मलाई तुरुन्त त्यो प्रेम कहानी अन्त गर्न दबाब दिने र मेरो पिछा गरेर दुख दिने काम गर्न थाले. अन्तर्जातीय बिबाह गरेर समाजलाइ उदाहरण दिने अठोट एकातिर अनि अर्कोतिर संगै जिउने सन्गै मर्ने कसम खाएकि प्रेमिका लै धोका दिनु भन्दा दजुको दुइरुपि चरित्र कै बिरुध्ह लग्ने सन्कल्प गरेर मैले मेरि प्रेमिका लाइ श्रीमतिका रुपमा स्विकार गरेर घर नै त्याग गर्ने निर्णय गरे.मलाइ तेतिबेला सम्म पनि आशा थियो कि एमाले र अनेरास्वोबियु को तर्फबाट चाहि मलै प्रोत्शहन र हौसला मिल्छ होल भन्न्ने तर तर जब तत्कालिन म्याग्दि जिल्ला बिकाश समिति का सभपति,जस्लाइ एमालेको तर्फबाट चुनव जिताउन म स्वयम पनि दिन रात खटेर सहयो गरेको थिए र पुर्ब सम्सद तथा बर्तमान सम्बिधान सभा सदस्य थम माय थापा को प्रमुख आदेसमा मलाइ र मेरि श्रीमतिलाइ पार्टिको अग्रिम स्विक्रिति बेगर अन्तर जातिय बिबाह गरेको भनेर कर्बहि गर्ने कुरा उठाइयो तेसपछि मलै एमाले र तेस्का नेताहरुको अशलि रुप चिन्न खासै सरो परेन. तत्पश्चत समाज सेबा र समाज परिबर्तन्को लगि मैले एमाले र यस सम्बद्द कुनै पनि पाखन्डि झुन्ड्को पछि लागिरहनु पर्ने रहेनछ बरु आफ्नै तरिकाले जिन्दगि जिउदै जादा समज परिबर्तन को कुनै काम गर्न सकियो भने तेहि राम्रो भन्ने सोचेर मैले समाज परिबर्तन को यात्रामा एक ईट थपेकि मेरि प्यारि श्रीमति र एक छोरा तथा एक छ्होरिको भबिशय को लागि अहिले पर्देशि भुमिमा पशिना बगौदै नेपालक दुइ चरित्र र दुइ जिब्रे नेतहरुको नाटक हेरिरहेछु इन्टरनेट को सहयतले. भलै अहिले मेरो आफ्नो परिवार र मेरि श्रीमतिको परिवार सन्ग सम्बन्ध पुरै सुम्धुर भैसकेको छ र हाम्रो अन्तरजतिय बिबाहले समाजम इज्जतका साथ स्थान पाइसकेको छ् तर देशमा आमुल परिवर्तन ल्याउछौ भन्ने भौरौटे नेता र तिन्को बोलि सुन्दा अहिले पनि मलाइ मेरो त्यो अतित नराम्रो सन्ग बल्झियेको महशुस हुन्छ
-ख्यातिका हत्याराले आत्महत्या गर्न खोजे
क्रुर अपराधीको मनमा क्रुरता नै लुकेको हुन्छ। अरुप्रति क्रुर व्यवहार गर्ने व्यक्तिको त्यो स्वभाव बुमर्याङ भएर आफैतिर पनि फर्कन सक्छ। यस्तै भयो वीरेन प्रधानको जीवनमा पनि। वीरेन प्रधानलाई कसले बिर्सन सक्छ र। उनी नेपालको अपराध इतिहास मै सबैभन्दा क्रुर अपराधी थिए जसले कसैले कल्पना पनि गर्न नसकेको अपराध गरेका थिए। ख्याति श्रेष्ठलाई अपहरण गरेर हत्या मात्र गरेनन् उनले। शरीरलाई टुक्राटुक्रा पारी काटेर फ्रिजमा राखी अलग अलग टुक्रा अलग अलग ठाउँमा फ्याँकेका थिए उनले।तिनै वीरेनले केही साताअघि आत्महत्याको प्रयास गरे। हत्याको घटना सार्वजनिक भएपछि मृत्युदण्डको प्रावधानबारे बहस भएको थियो। तर अरुलाई हत्या गर्न सफल वीरेनले आफैलाई हत्या गर्न गरेको प्रयास भने प्रहरीले सफल हुन दिएन।घटना अलि पुरानै हो। तर गत साता साइटमा आएको समस्याका कारण समय मै यसलाई राख्न सकिएन। त्यसो त यो खबर ‘राजधानी’ बाहेक अरुमा आएको पनि देखिएन।ख्याति हत्याको अभियोगमा मुद्दा चलाइएका वीरेन अहिले अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा छन्। मुद्दाको अन्तिम फैसला भइसकेको छैन। उनलाई सुन्धारानजिकैको केन्द्रीय कारागारको जगन्नाथ देवलमा थुनामा राखिएको थियो। त्यहीँ उनले चक्कुले नाडीको नसा काटेर आत्महत्या गर्न खोजेका रहेछन्।तर प्रहरीले उनलाई समय मै भेट्टायो। अनि तुरुन्तै नजिकैको वीर अस्पतालमा पुर्यायो। उपचारका क्रममा उनलाई दुई पिन्ट रगत दिनुपरेको थियो समाचारमा जनाइएको छ।त्यस्तो डरलाग्दो हत्या गरेर पनि वीरेनलाई पटक्कै पछुतो लागेको जस्तो देखिँदैन रे, कारागरका कर्मचारीलाई स्रोत उल्लेख गर्दै दिइएको समाचारमा भनिएको छ। उनी हत्याका सहअभियुक्त मेरिनाप्रति भने निकै चिन्तित हुने गरेका रहेछन्। मेरिनाले यस वर्षको एसएलसी विशिष्ट श्रेणीमा पास गरेका थिए/
-डान्सबार र रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत, कलेजमा अध्ययनरत युवाहरू पुरुष यौनकर्मीको रूपमा सक्रिय।
महिला मात्र होइन, अब पुरुष पनि वेश्याका रूपमा व्यवसायमा उत्रिएका छन् । महिलाजस्तै सर्वत्र नभए पनि गोप्यरूपमा पुरुष वेश्या (जिगोलो) पैसा कमाउने धन्दामा लागेका छन् ।व्यस्त श्रीमान्का धनाढ्य तथा नवधनाढ्य महिलाहरूमाझ काठमाडौंमा करिब तीन दर्जन पुरुष यौनकर्मी सक्रिय रहेको तथ्य प्रहरी अनुसन्धानबाटै खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सुरु गरेको विशेष अप्रेसनबाट काठमाडौंमा पुरुष यौन व्यवसायीको समूह रहेको तथ्य खुलेको हो । |
वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालका अनुसार
यौनकर्मीको रूपमा सक्रिय दुई समूहका २५ जना युवाको बारेमा प्रहरीले प्रारम्भिक जानकारी पाइसकेको छ । अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीका अनुसार दुई समूहमध्ये २१ जना पुरुष यौनकर्मीको विभिन्न पोजका तस्बिर प्रहरीको हात लागिसकेका छन् । यी तस्बिरमा पुरुष यौनकर्मीले महिलालाई आकषिर्त गर्ने भावभंगिमा प्रस्तुत गरेका छन् ।अनुसन्धानका क्रममा प्रहरीले केही पुरुष यौनकर्मीलाई कार्यालयमा बोलाएर सोधपुछ गरिसकेको छ । एसएसपी सिलवालले भने, ‘अहिले हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौँ, तर प्रारम्भिक अनुसन्धानबाटै काठमाडौंमा महिला यौनकर्मी मात्र होइन पुरुष यौनकर्मीको संख्या पनि बढ्दै गएको पुष्टि भएको छ ।’प्रहरीका अनुसार आफूलाई ल्याटिनो उपनामबाट चिनाउन चाहने एक जिगोलोले आफ्नो उमेर १८ वर्ष रहेको बताएका छन् । आफू अहिले कलेजमा अध्ययनरत रहेको र खर्चको जोहोका लागि आफू यौनकर्मीको रूपमा सक्रिय रहेको उनले बताए । उनले भने, ‘यो मेरो साइड जब हो/उनले जिगलोहरूको अनौपचारिक सञ्जाल र इन्टरनेटमार्फत ग्राहक खोज्ने गरेका छन् । ल्याटिनोले ब्लगस्पटमा आफ्नो साइट बनाएर इमेल ठेगाना छोडेका छन् । प्रायः उनका ग्राहक त्यही साइटको माध्यमबाट सम्पर्कमा आउने गरेका छन् ।’यस्ता पुरुष यौनकर्मीको विशेष रेट छैन । प्रायः धनाढ्य महिलाले नै पुरुष वेश्या खोज्ने भएकाले उनीहरूलाई सन्तुष्ट बनाउन सकियो भने जति पनि पैसा पाउन सकिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरीलाई ल्याटिनोले भनेका छन् । प्रहरीका अनुसार जिगोलोहरू संगठित रूपमै काठमाडौंमा सक्रिय छन् । सबैभन्दा धेरै २१ जना सदस्य रहेको एक समूहले आफूलाई क्लबको रूपमा विकास गरेको छ ।जिगोलोहरूसँगको सोधपुछका क्रममा उनीहरूले फोन र इन्टरनेटको सहायताबाट आफ्नो सञ्जाल फैलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एससएपी सिलवालले भने, ‘उनीहरू प्रत्यक्ष भेटघाटबाटभन्दा पनि फोन र इन्टरनेटको सहायताबाटसन्देशहरू आदान-प्रदान गरेर आफ्नो व्यवसाय गरिरहेका छन् ।’अनुसन्धानमा डान्सबार र रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत युवाहरू पुरुष यौनकर्मीको रूपमा सक्रिय रहेको देखिएको छ । डान्सबार र रेस्टुरेन्टका बाउन्सरपछि कलेजमा अध्ययनरत युवाहरू यौनकर्मीको रूपमा सक्रिय छन् ।प्रहरी आफ्नो गुप्त अनुसन्धानबाट जिगोलोहरू बढी सक्रिय रहेको स्थान र उनीहरूको बढी ग्राहक रहेको स्थानको समेत पहिचान गर्न सफल भएको छ । तीनमहिने लामो अनुसन्धानबाट जिगोलोहरू काठमाडौंका बाँसबारी, बालुवाटार, सानेपा, बबरमहल क्षेत्रमा सक्रिय छन् । प्रायः धनाढ्य वर्गको बस्ती रहेका स्थानहरूमा उनीहरूको चहलपहल बढी देखिन्छ । अनुसन्धानका क्रममा जिगोलोका केही ग्राहकहरूको समेत पहिचान भइसकेको प्रहरी दाबी गर्छ । सिलवालले भने, ‘जिगोलोको नियमित सेवा लिने केही महिलाको समेत पहिचान भएको छ ।’प्रहरीको अनुसन्धानअनुसार पुरुष वेश्याको उपभोग गर्नेमा एकल महिलाको संख्या बढी छ । लाहुरेहरूको बस्ती रहेको स्थान र नवधनाढ्यहरूको बाक्लो बस्ती रहेको स्थानलाई उनीहरूले टार्गेट बनाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।अनौपचारिक क्लबको रूपमा संगठित भएका जिगोलोको संगठनले नै ग्राहक खोज्ने काम गर्दै आएको छ । उनीहरूले प्रायः ठूला होटलहरू, धनाढ्यहरूको बढी चहलपहल हुने केन्द्र र क्लबमार्फत ग्राहकको खोजी गर्ने गरेका छन् ।एकजना महिलाले एकजना पुरुष यौनकर्मी लगेबापत उनीहरूको संगठनलाई १० हजारदेखि ३० हजारसम्म रकम तिर्ने गरेका छन् । पुरुष यौनकर्मीले ग्राहकले तिरेको रकमबाट ४० प्रतिशत पाउँछन् । ग्राहक सन्तुष्ट भएर दिने उपहार यौनकर्मी एक्लैको हुन्छ ।उनीहरूले ४० वर्षभन्दा तलका उमेरका महिलासँग यौनसम्पर्क राखेबापत केही कम रकम लिने गरेका छन् भने ४० माथिका महिलाका हकमा सेवा शुल्क महँगो लिने गरेका छन् ।प्रारम्भमा ग्राहकसँग संगठनमार्फत सम्पर्क हुने गरे पनि पछि महिला ग्राहक र पुरुष वेश्याबीच सीधा सम्पर्क हुने कारण संगठन बिस्तारै निष्त्रिय बन्दै गएको प्रहरीको सम्पर्कमा आएका जिगोलोहरूले बताएका छन् ।पुरुष वेश्याहरू महिला यौनकर्मीझै अधिकारका लागि संगठित भइसकेका छैनन् । सिलवालले भने, ‘उनीहरू अहिले संगठनको प्रारम्भिक चरणमा रहेका छन् । तर, बेलैमा उनीहरूको र्याकेट र सक्रियता नभत्काउने हो भने भोलिका दिनमा उनीहरू थप सक्रिय हुने पक्का छ ।’
-क्यासिनोमा नयाँ नियम
काठमाडौं, ६ मंसिर
अब क्यासिनोमा ५० लाख रुपैयाँभन्दा बढीको जुवा खेल्नेले सम्पत्तिको स्रोत अनिवार्य देखाउनुपर्ने भएको छ । अर्थ मन्त्रालयले मुद्रा निर्मलीकरण ऐनअनुसार क्यासिनोमा जुवा खेल्ने ग्राहकको सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
क्यासिनोमा जुवा खेल्ने नेपालीका लागि भने नयाँ व्यवस्थाको कुनै अर्थ छैन । नेपाली क्यासिनोमा विदेशीले मात्रै जुवा खेल्न पाउने व्यवस्था भएकाले क्यासिनोमा नेपालीको प्रवेश नै अवैध छ । विदेशी आफूले कमाएको कालोधनलाई नेपालका क्यासिनोमार्फत वैधानिकता दिने गरेको गुनासो आएपछि ग्राहकको आम्दानीको स्रोत खोज्न थालिएको हो ।
सरकारको आग्रहपछि राष्ट्र बैंकले क्यासिनोलाई पनि विवरण उपलब्ध गराउन निर्देशन जारी गर्ने तयारी गरेको छ । यो व्यवस्था लागू भएपछि क्यासिनोले आफ्ना ग्राहकको सम्पत्तिको स्रोत उल्लेख गरी दैनिक विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्नेछ ।
हाल काठमाडांैका अन्नपूर्ण होटल, एभरेष्ट होटल, र्याडिसन होटल, याक एन्ड यती होटल, सांगि्रला होटल र मल्ल होटलमा र काठमाडौंबाहिर पोखराको फूलबारी होटल एन्ड स्पामा क्यासिनो सञ्चालित छन् । नेपालका क्यासिनोका प्रमुख ग्राहक भारतीय नागरिक हुन् ।
नेपालमा रहेर व्यापार व्यवसाय गर्ने केही भारतीयले अवैध रूपमा कमाएको धन क्यासिनोको मिलेमतोमा वैधानिकता दिने गरेको आशंका छ । नयाँ व्यवस्थाबाट अवैध धन्दा नियन्त्रणमा आउनुका साथै क्यासिनोबाट हुने राजस्व चुहावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ ।
तर, क्यासिनो सञ्चालकले सरकारले ग्राहकको आम्दानी स्रोतको विवरण खुलाई सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था गर्दा क्यासिनो व्यवसायमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । तर, अर्थ मन्त्रालयले भने रेमिट्यान्स र मनिचेन्जरबाट बढीको रकम कारोबार गर्नेको सम्पत्तिको स्रोत अभिलेख गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
-माओवादीसामु उत्पन्न चुनौती
हरि रोका
भर्खरै सम्पन्न संवैधानिक समितिको सभापतिको निर्वाचनसम्म आइपुग्दा दलहरूबीचको अविश्वासको खाडल पुरिनुको सट्टा झन् गहिरो बन्न पुगेको छ । सभापति पदमा निर्वाचित नीलाम्बर आचार्य व्यक्तिगत रूपमा शालीन र अनुभवी व्यक्तित्व हुनुहुन्छ । तर जुन प्रकारबाट ध्रुवीकृत हुँदै गएको गठबन्धनहरूमध्ये एक पक्षको समर्थनमा उहाँ निर्वाचित हुनुभएको छ, त्यस परिवेशमा दलहरूभित्र देखिएको अविश्वासको खाडल पुर्न सजिलो देखिँदैन ।
संवैधानिक समितिको निर्वाचनमा माओवादीको हारलाई ठूलो मान्नुपर्ने कुनै कारण छैन । किनभने त्यस समितिमा उसको संख्या जित्नका लागि पर्याप्त थिएन । यद्यपि उसले उम्मेदवारी दियो र संविधानसभामा सन्तुलन खोज्ने प्रयत्न गर्यो । तर संविधान निर्माणमा जसरी सहमति र सन्तुलन कायम गर्दै अगाडि बढ्न आवश्यक थियो, त्यस्तो हुन सकेन । राष्ट्राध्यक्ष, सरकारप्रमुखदेखि सभाध्यक्षसम्मको निर्वाचनमार्फत जुन-जुन पार्टीले पद हात पारे र जुन हिसाबले राजनीतिक परिस्थिति अगाडि बढिरहेको छ, त्यसले राजनीतिक शक्तिअनुरूपको सन्तुलन बन्यो भन्न सकिने ठाउँ छैन ।
पछिल्लो निर्वाचनले राजनीतिक असन्तुलन अझै बढाइदिएको छ । यस्तो अवस्थामा संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा उभिन पुगेको एकीकृत नेकपा माओवादीलाई संविधानसभामा समेत प्रमुख प्रतिपक्षकै रूपमा खडा गरिएपछि यो पार्टीका सामुन्ने ठूलै राजनीतिक चुनौतीहरू खडा भएका
छन् । यस लेखमा माओवादीका ती चुनौती र उसले लिने भावी मार्गबारे विचार-विमर्श गर्ने जमर्को गरिएको छ ।
शान्तिपूर्ण संघर्षमा ओर्लिएर संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी एकाएक वैकल्पिक शक्तिको रूपमा खडा होला र चुनौती दिने गरी जनमत संकलन गर्न सक्षम होला भन्ने ठूला दलहरूले सोचेकासम्म थिएनन् । त्यसैले चार महिना लामो समय लाग्यो सत्ता हस्तान्तरण गर्न । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जुन ढंगको गठबन्धन देखा पर्यो र त्यसपछिका घटनाक्रम जसरी विकसित हुँदै गए, त्यो सबै माओवादीलाई उसको सोच-विचार र तद्अनुरूपको परिवर्तनको चाहना र कार्यान्वयनमाथि चिसो पानी खन्याउनका लागि नै थिए । त्यसबेला माओवादीले तत्कालीन गठबन्धनलाई कमजोर आँक्यो । र, कांग्रेसलाई बाहिर राखेर सत्तारोहण गर्न पुग्यो ।
सैद्धान्तिक रूपमा अस्पष्ट, कार्यक्रमिक रूपमा कुनै दिशा नपक्रेका र राजनीतिक रूपमा अत्यन्त अवसरवादी शक्तिहरूसँग गरिने गठबन्धन कुनै पनि बेला टुट्न सक्थ्यो । त्यो नौ महिना नपुग्दै टुट्यो । तर सरकारबाट माओवादीको बहिर्गमन अचानक भएको थिएन । प्रधानसेनापति प्रकरण नभएको भए पनि अर्को कुनै मुद्दा देखापथ्र्यो र ऊ सत्ताबाट हट्नैपथ्र्यो । किनभने सबै खाले सम्भ्रान्तहरू विशाल छिमेकीको सहायतामा उसविरुद्ध गठजोड गरिरहेका थिए । त्यसको छनक सत्तारूढ भएकै दलहरूले उठाएका मुद्दा, तिनका असहमति र तिनले चलाएका मन्त्रालयका काम कारबाहीबाट देखिन्थ्यो ।
माओवादी जुन भूमिबाट ओर्लिएको थियो, सत्ता सञ्चालनसम्म आइपुग्दा सानातिना गल्ती-कमजोरी हुनु अस्वाभाविक थिएन । तर तिललाई पहाड बनाइयो । अतिरञ्जनातर्फ मोडियो । यो अरू केही नभएर परिवर्तनको पक्ष र विपक्षबीचको वर्गसंघर्ष थियो । माओवादी जे थिएन र होइन त्यसलाई त्यही हो भन्ने ठूलो होहल्ला मच्चाइयो । बहुदलीय प्रतिस्पर्धा र मानव अधिकारसम्बन्धी प्रतिबद्धता जाहेर गर्दागर्दै पनि उसलाई सर्वसत्तावादी भएको आरोप र बलजफ्ती सत्ताकब्जा गर्ने भन्ने हौवा फिजाइयो । माओवादीलाई थप लचिलो, थप लोकतान्त्रिक बन्न नदिने एउटा प्रपञ्च नै रचना गरियो । यो एजेन्डामा सम्भ्रान्त र नवसम्भ्रान्तहरू आंशिक रूपमा सफल हुन पुगे ।
सत्ता नेतृत्व गरिरहँदा माओवादीमा एकातर्फ अनुभवको कमी थियो, सरकारी संरचना उसका पक्षमा थिएनन् । अर्कोतर्फ जनताको परिवर्तनको तीव्र चाहना र आकांक्षा परिपूर्ति गर्न उसका सहयोगी पात्रहरू एकाधलाई छाडेर अधिकांश अपत्यारिलामात्र थिएनन्, सोचका हिसाबले परिवर्तनविरोधी थिए । आपूर्ति व्यवस्थापन, भौतिक पूर्वाधारहरूको निर्माण तथा सामाजिक सेवा उपलब्ध गराउने संयन्त्र -मन्त्रालय) हरू उसका लक्ष्य पूर्तिका लागि सहयोगी हुन सक्दैनथे । यी विषयलाई माओवादीले गठबन्धन सरकार बनाउने बेलामा विचार पुर्याउन सकेन । विसंगतियुक्त मेलमिलापभित्र एउटाले अर्कोलाई आफूजस्तै बनाउन लालायित हुन्छ । जब आफूजस्तो बनाउने प्रयत्न विफल हुन्छ, त्यसपछि सम्बन्धविच्छेद हुन्छ । तर संसद्मा सबभन्दा ठूलो राजनीतिक दल भएकाले माओवादीले वैकल्पिक चुनौती देखा परिहाल्ला भन्ने त्यसबेला सोचेन ।
माओवादीविरुद्ध सम्भ्रान्तहरूको घेराबन्दी संविधानसभाभित्र उठेका अनेक मुद्दाहरूसँग सम्बन्धित थिए र छन् । जाति, भाषा, धर्म, लैङ्गकि र क्षेत्रीय असमानतालाई निराकरण गर्न नयाँ औद्योगिक नीति, सम्पत्तिको पुनर्वितरण, सामाजिक न्याय स्थापित गर्न सहभागितामूलक नयाँ राजनीतिक पद्धति र अत्यधिक मात्रामा शक्तिको विकेन्द्रीकरण र पृथकीकरण माओवादीका एजेन्डा थिए र छन् । अतिकेन्द्रीकृत राजनीतिक प्रणालीको वषौर्ं अभ्यासमार्फत सम्भ्रान्त वर्गमा रूपान्तरित भएका राजनीतिक पार्टीहरूका निमित्त यी विषय पाच्य थिएनन् र छैनन् पनि । प्रतिपक्षमा बसेका बेला होस् या सत्तारूढ, उनीहरू आफूलाई भविष्यमा आफैं शासक हुने हो र अधिकार तथा स्रोतहरूको पजनी गर्ने अधिकार आफैंलाई उपलब्ध हुनेछ भन्ने मानसिकताबाट ग्रसित छन् । जसले नयाँ नेपाल होइन पुरानै नेपालतर्फ यात्रालाई फर्काउँछ ।
करको दायरा फराकिलो पार्ने होस् या सम्पत्तिको पुनःवितरणको व्यवस्थापनमा होस्, पुराना राजनीतिक दलहरू पञ्चायतकालीन मानसिकताबाहिर पुग्न सकेका छैनन् । त्यो रोग बिस्तारै नयाँ भनिएका तमलोपा र मधेसी फोरममा पनि फैलिरहेको देखिन्छ । माओवादीका लागि भने उसले गरेको १० वर्षे जनयुद्ध र सामान्य मानिसप्रतिको प्रतिबद्धता तथा उसले अँगालेको सिद्धान्तले उसलाई यी एजेन्डाबाट बाहिर निस्कनै दिँदैन । फलस्वरूप यी विषयमा देखिएको मतभिन्नताले सम्भ्रान्तहरूलाईर् माओवादी एजेन्डाविरुद्ध एकजुट हुन सघाएको भुल्न मिल्दैन । खासगरी आमूल परिवर्तनकारी एजेन्डाहरूमा गोलबन्द हुन नदिन सम्भ्रान्तहरूको सत्ता घेराबन्दी र सत्ताप्राप्ति एउटा उपकरण हो । सत्ता कब्जा वास्तवमा उनीहरूले उच्चारण नै नगरीकन गरिरहेका छन् ।
बितेको केही सातादेखि माओवादी अध्यक्ष प्रचण्ड वर्तमान सत्ता समीकरण समाप्त हुने र माओवादी नेतृत्वमा सर्वदलीय सरकार बन्ने जुन घोषणा गर्दै हिँडेका छन्, त्यसको जग बलियो देखिन्न । त्यस भनाइले पुराना शक्तिहरूलाई अझ बढी नजिक्याउनेछ । वर्तमान सरकारका प्रधानमन्त्री उनको खिचडी मन्त्रिपरिषद, ‘सुपर प्राइमिनिस्टर’ का रूपमा रहेका गिरिजाप्रसाद कोइराला र उनकी छोरीको महत्त्वाकांक्षा चरम चुलीमा देखापरेको छ । प्रधानमन्त्रीको पार्टीभित्रको सैद्धान्तिक, वैचारिक तथा कार्यक्रमिक खिचलो बल्खु दरबारबाट बाहिर सडकमा छताछुल्ल भएको छ । मधेसवादी दलहरूभित्र पनि भुसको आगोजस्तै भित्रभित्रै सत्तारूढ हुन पाएका र नपाएकाबीच झगडा चर्किएको छ । यद्यपि कमरेड प्रचण्डले जबजब माओवादीको नेतृत्वमा सर्वदलीय सरकारको कुरा उठाउँछन्, त्यसविरुद्ध सबै नयाँ पुराना एक ढिक्का बन्न पुग्छन् । र आफ्ना झिना मसिना स्वार्थलाई बिर्सेर मुख्य वर्गीय स्वार्थ प्राप्तिका लागि भात भान्सामा सहभागिता जुटाउँछन् ।
राष्ट्रपतिको कदमदेखि लिएर सरकार गठन प्रक्रियासम्म, त्यस कदमविरुद्ध व्यवस्थापिका संसद्मा छलफल र बहसको माग गर्दै संकल्प प्रस्ताव दर्ता र खारेजीको प्रसंगसम्म आइपुग्दा सत्तारूढ दलहरूको माओवादीसँग कुनै खाले सहयोगात्मक संवाद तथा सहकार्य गर्ने मनसाय नरहेको प्रस्ट देखिन्छ । यस्तो संवादहीनताका पछाडि माओवादीले खोजेजस्तो सैद्धान्तिक विषयमा अन्य दलले असहमति जनाएकै कारण हो भन्न सकिन्छ । ‘वेस्टमिनस्टर’ मोडलभन्दा अलि माथि उठेर जनसहभागितामूलक बहुलवादी प्रतिस्पर्धात्मक प्रणालीमा जानैपर्ने अपरिहार्यता तथा सेना समायोजनमार्फत राज्यको नयाँ खालको पुनर्संरचनातर्फ अगाडि बढ्ने उसको मान्यताविरुद्ध अन्य दलहरू उभिएका छन् । त्यसका लागि भारतीय सत्ताले कुनै न कुनै प्रकारले तिनलाई आड दिइरहेको छ । किनभने माओवादीको परिवर्तनकारी सोच यहाँ लागू भएमा त्यसको गहिरो छाप उता पनि पर्ने उसले बुझेको छ । र, संसारकै ठूलो प्रजातन्त्रको दाबी गरिरहेको राज्यले आफ्ना जनतासामु उक्त प्रजातन्त्रका कमजोरीहरू उजागर हुने ठानेको छ ।
आन्तरिक तथा बाह्य राजनीतिमा एक्लो हुन पुग्नु माओवादीका लागि चुनौती मात्र होइन वरदान पनि सावित हुनसक्छ । किनकि उसले संविधानमार्फत खोजेको परिवर्तनले लगभग ७६ प्रतिशत गरिबीको चपेटामा परेका जनताको आर्थिक, भौतिक तथा सामाजिक परिवर्तनसँग सरोकार राख्छ । त्यसैले माओवादीसामु देखिएका चुनौती बहुसंख्यक नेपालीका चुनौती हुन् । माओवादीले आगामी दिनमा जनताबीच व्यापक सहकार्य र सहमति खोज्नेतर्फ लाग्नुपर्छ । अन्य दलहरूसँग मिलेर सत्तारूढ हुन खोज्नुभन्दा माओवादी संविधानसभामा उठाउने मुद्दामा गम्भीर हुन जरुरी छ । त्यहाँ असहमति भएमा आफूले उठाएका मुद्दालाई जनतासामु औचित्य प्रमाणित गर्न सजिलो हुनेछ । त्यसले आफ्नो पक्षमा जनसमर्थनलाई गोलबन्द गर्न बाटो खुल्नेछ ।
जनताका चाहना र भावनालाई समेट्न खोज्दा स्वाभाविक छ, सत्तारूढ गठबन्धनका लागि दुइटा राजनीतिक विकल्पमध्ये एउटा रोज्ने चुनौती आउँछ । पहिलो गैर-लोकतान्त्रिक शासनपद्धतिको बाटो जसले समाजलाई सीधै द्वन्द्वतर्फ धकेल्नेछ । दोस्रो, परिवर्तनउन्मुख लोकतान्त्रिक संविधान निर्माण गर्न सहमतिपूर्ण भूमिका जहाँ राज्यको पुनर्संरचनामार्फत बहुमत जनताले चाहेजस्तो सामाजिक न्याय स्थापित गर्न पहल गरियोस् । दुवै सम्भावना हाल आमनेसामने खडा छन् । पछिल्लो बाटो पच्छयाएमा ‘सर्वहिताय सुखाय हुनेछ’ । सत्तारूढ दलहरूले पहिलो बाटो रोजेमा केही गम्भीर चुनौती थपिनेछन् । त्यस्तो अवस्थामा माओवादीसँग चुनौती स्विकार्नुको विकल्प रहने देखिँदैन ।
-बेश्या नारी र ब्यभिचारी पुरुष
बेश्या भनेर मलाई?
तिमीलाई त त्यही
चाहिएको होइन र?
आखिर जे खोज्यौ पाएपछी
किन घ्रिणा गर्छौ त्यसइलाई?
तिमीले त म बाट कमसेकम
आत्मा “सन्तुष्टी” त पायौ
तर बादलामा तिमीले
के नै दियौ र मलाई?
फगत बदनामरुपी
दुई अक्षर ”बेश्या“
के तिमीले कहिल्यै
आफुलाई मुल्यङ्कन गरेका छौ?
तिमी किन मेरो खोजिमा आयौ
कहिल्यै सोचेका छौ?
यदी छैनौ भने सुन
तिमी पनि त बेश्यागामी हौ नि
तिमी पनि समाजको नजरमा
ब्यभिचारी होइनौ र?
होइन भनौला,यदी त्यसो भए
के तिमी अपराधी हौ त ?
जस्ले मलाई बलत्कार गरयो
यदी तिम्रो आवस्यकताको लागि
म बेश्या नभैदिएको भए
सोचेका छौ ?
तिमी कहाँ हुन्थ्यौ यतिबेला?
तिम्रै करणले आफ्नै कौमारित्व
गुमाउदै बेश्या बनिदिए म
शायद धर्मपत्नी पनि
बन्न सक्थे क्यारे?
अनी,तिमिले नै घ्रिणा गर्न
लाज लाग्दैन अलिकती पनि?
ए पुरुष!ए स्वार्थी पुरुष
के सोचेका छौ,तिमिले आफुलाई?
नारी केवल तिम्रो भोग्य बस्तु होइन
तिमीलाई पनि भोगिदिन्छे उस्ले चाँही भने
अनी सुन !ब्यभिचारी पुरुष
नारी सधैं शहनसिलता र कोमलताकी
प्रतिमुर्ती मात्र पनि होइन
उस्ले चाही भने तिम्रो मात्र त के
सारा मानव जातिकै अस्तित्व
नामेट पारीदिन सक्छे सदाका लागि
त्यसैले बरु मलाई घ्रिणा गर्नुको सट्टा
मेरो नजिक नै नआउ तिमी
बस! तिमी ब्यभिचारी नबने
म बेश्या बन्ने कुरै आउँदैन।
धन्यबाद।
-”म आईमाई मान्छे ”
-आचार्य प्रभा(अमेरिका )
हो… म ”आईमाई” हुँ
तिमीले जे भन्यौ ठिकै भन्यौ
म, निरीह छु ,
निस्सार छु ,
निर्बल छु ,
निसहाय !छु
केवल… प्रसंशा र दयाको भोको छु
त्यसैले तिमीले सजिलै भन्यौ
तिमी ”आईमाई” भनेर।
हो… म आईमाई हुनुले पीडित छु ,
चाहना र माया को भोको छु
कसैको थोरै विश्वाशमा लिप्त छु
अनी… कसैको विश्वाशघातको शिकार पनि छु ।
तिमी ठान्छौ ,
”आईमाई”थोरै प्रसंशामा रमाउछे
तिमी मान्छौ ,
”आईमाई ”कम्ती विश्वाशमा हराउछे,
हो… यो सत्य हो …..
”आईमाई ”नारी हुनुमा मक्ख पर्छे
फेरी…. आफ्नै कमजोरिसँग छ्क्क पर्छे ,
कहिले आफुलाई धर्तिसँग दाँज्छे ,
कहिले फूलको कोमलतामा आफुलाई
अनुवाद गर्छे ,
यसैले… उस्को चिनारी ”आईमाई ” ठान्छे ।
”आईमाई ” आमा हुनुमा गर्वित हुन्छे
पत्नी हुनुमा अभिमान गर्छे ,
दासी हुनुमा कर्तब्य ठान्छे
किन कि…. ऊ आखिर
”आईमाई ”हुनुमा नै सर्वस्व ठान्छे
त्यसैले… म तिम्रो आव्हान स्वीकार्छु
हुँ म पनि तिमीले सोचे जस्तै
”आईमाई ”मान्छे ।
म भित्र पनि अरुको जस्तै
कोमलताको खानि छ ,
आँखाभरी अबिरल बग्ने अश्रु धाराको पानी छ
कहिले कोमल बनेर आसुँको सागरमा
निथ्रुक्क भिज्छु म ,
कहिले झुठो प्रसंशामा फुल्छु म
हो… यही निरीहता छ म भित्र पनि
अनी…. यही कमजोरी छ
मेरो नारित्वमा पनि ,
त्यसैले… सजिलै भन्यौ
तिमी ”आईमाई ”मान्छे
तिमीले जानेरै भन्यौ त्यो
उपनाम को मान्छे ,
म ”सीता ”बनेर आगोमा जल्न पनि सक्छु
म ”पासँङ ”बनेर हिउँमा पुरिन सक्छु
अनी…. ”पारीजात ”बनेर रातमा फुल्न सक्छु
त र…. आखिर म ”आईमाई ” थोरै कसैको
फकाइमा बहकिन पनि सक्छु
”आईमाई ”हुनुको अभिशप्त पीडामा
म पलायन हुन सक्छु ,
तिमी जे भन म तिम्रो आरोप प्रत्यारोपलाई
हाँसी हाँसी सहन सक्छु ,
तिम्रो अर्थमा लोग्ने मान्छेको
पौरषताको दासी हुन सक्छु ,
आखिर म ”आईमाई”मान्छे
झुठो प्रसंशाको भोकले बर्बाद हुन सक्छु
यसैले म ”आईमाई”मान्छे
क्षणभरको खेलौना बन्न सक्छु
अनी कसैको झुठो आश्वासनको
खेती बन्न सक्छु ,
म ”आईमाई”मान्छे
सजिल्यै पग्लिन सक्छु ।
-किन?????????
- सावित्रा काफ्ले
तिमीले भने जस्तै सहज हुनेभए जिन्दगी,
आज आफु आफैसंग म यसरी रुन्थे किन?
तिमीले सोचे जस्तै अटल हुने भए हाम्रो माया,
म आँसुले सधैभरी हाम्रो प्रित धुन्थे किन?
नहुदोहौ तिमी भने मेरो मनको आगनीमा,
तिमी संग जीवनको रंग मैले बुन्थे किन?
नसम्झने भए मैले हाम्रा मिठा अतितहरु,
छाडी सबै मनहरु तिमीलाई मात्र सुन्थे किन?
सक्ने भए यो मलाई रमाउन अन्त कतै,
आफ्नै पागलपनमा आफु हराएको हुन्थे किन?
तिमीले भने जस्तै सहज हुनेभए जिन्दगी,
आज आफु आफैसंग म यसरी रुन्थे किन?
-ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
-म मर्नै लागेँ, आऊ सावित्री’
म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा
बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष हेरिहुँजस्तो लाग्थ्यो। मेरो मन पनि त जुरेलीजस्तै थियो। म सानी जुरेली थिएँ। आमा र दुई दाइले खुब माया गर्थे। घरकी कान्छी म नै त थिएँ। दिनभरि छिमेकका दिदीसित पुतली खेल्थेँ। आमा प्रायः पिँढीमा बसेर गुन्द्री बुन्नुहुन्थ्यो। मैले पनि गुन्द्री बुन्न सिकेँ। अरूलाई के था’ ? गुन्द्रीसँगै म आफ्ना कलिला रहर बुन्थेँ। ०२१ साल पुसको ठिहिर्याउँदो दिन थियो। म गुन्द्री बुनिरहेकी थिएँ। अचानक घरमा तीन-चारजना मान्छे आइपुगे। साथमा बाह्र वर्षजतिको सानो केटो थियो। म गुन्द्रीकै तानमा अल्झिएँ। घरमा जो आउन्, मलाई के मतलब ? तिनीहरूले एकछिन आमा र दाइसित गुनगुन गरे। मैले त्यति वास्ता गरिना। धेरै बेरपछि तिनीहरू गए। साँझपख पो छिमेकका दिदीले जिस्काए, ‘तेरो ब्या छिन्न आ’रैछन्।’ ‘उता जाऊ।’ म हाँसेँ। ‘अहिले हाँस्छेस् ?’ दिदीहरूले खुचिङ गरे, ‘डोली चढेर जाँदा त रोलिस् नि।’ माघे संक्रान्तिमा टिकाटालो गर्ने कुरा पो भएको रै’छ। माघ २ गते, दुई बजेतिर फेरि तिनै मान्छे आए। पिँढीमा बसे। म घरमै थिएँ। तिनीहरूलाई देखेर डरडर लाग्यो। ‘अस्ति पनि आ थे।’ म छक्क परेँ, ‘आज फेरि तिनै मान्छे किन आए ?’ एकछिनमा त थाहा पाइहालेँ किन आ’का रै’छन् भनेर। मुटु ढक्क फुल्यो। के गरूँ के गरूँ भो। मैले ट्याप्प डोको समाएँ। ‘गोठालो जान्छु’ भन्दै म कराएँ। ‘आज तिमी नजाऊ,’ कान्छा दाइले डोको समाए, ‘आज त मै गोठालो जान्छु।’ म भाग्न पाइना। टोलाउँदै बसेँ। मान्छेहरू मलाई बेलाबेला पुलुक्क हेर्थे। ‘सावित्री,’ आमाले भित्र बोलाइन् र भनिन्, ‘यो घाँघर लगा त।’ अस्ति भर्खर सिलाको नयाँ घाँघर लगाउन पाउँदा म के छोड्थेँ, लगाइहालेँ। नयाँ कपडा लगाउन पा’को खुसीले जुरेलीझैं फुरुंग भइहालेँ। अनि हतार-हतार आमाले अक्षता मुछिन्। केटा र मलाई अक्षता लाइदिइन्। मैले केटोतिर हेरे त मरिजाउँ। किन हेरूँ, जस्तो लाग्यो। पन्ध्र मिनेटजति बसेर मान्छे फर्किए। भोलिपल्ट पाधेरामा दिदीले सोधिन्, ‘बिहे छिनियो हैन त, तेरो ?’ ‘धेर नकरा,’ म बम्किएँ। ‘केटाले टिका लाएर गयो,’ दिदी हाँसिन्, ‘अझै बम्किन्छेस् ?’ ‘टिका लाओस् कि नलाओस्,’ कराएँ, ‘मलाई के मतलब।’ त्यै पनि मन भरंग भो। त्यसपछि त जति दिन बित्दै जान्थ्यो, मन उति रुन्चे हुन्थ्यो। मैले थाहा पाइसकेकी थिएँ, विवाह भएपछि अर्काको घर जानुपर्छ। अर्काको घर जाने कुराले मेरो निद हर्न थाल्यो। कति रात त निदाउन पनि सकिना। एकदिन अचानक मैले थाहा पाएँ, मेरो बिहे हुन त पन्ध्र दिन मात्र बाँकी रै’छ। म दिनभर करेसामा बसेर रोएँ। सोचेँ, यति सानी म पनि नअटाउने यस्तो साँघुरो भो र घर ? ‘अहिले त बिहे पो गर्नी हो,’ एकदिन आमाले सम्झाइन्, ‘हुर्केपछि पो जाने हो।’ आमाको कुराले ढाडस दियो। ‘बस्लिस् माइत,’ दिदीहरूले भने तर्साइदिए, ‘तालाई त पठाइहाल्छन्।’ मेरो सातो गयो। म पखेटा कुँजिएको जुरेलीझैं छट्पटाउन थालेँ। जतिजति बिहेको दिन नजिक आउँथ्यो, म रातभरि कल्पन्थेँ, यो रात कहिल्यै नसकियोस्, अनि दिनभरि रुन्थेँ, अब रात नपरोस्। दिन पनि एकदम छोटा लाग्थे। जब रात पथ्र्यो, म भक्कानिन्थेँ, फेरि एउटा दिन सकियो भनेर। गोठालो जाँदा, पाधेरो जाँदा म मनभरि रुन्थेँ। आँखा पनि बेस्मारी भत्भताउँथे। मैले दिनहरू थाम्न सकिना। ती आए, गए। आखिर बिहेको दिन पनि आइपुग्यो। अघिल्लो रातभरि म रोइरहेँ। भोलि यो घर छाडेर म कसरी जान सकूँला र ? भोलिपल्ट २२ जनाजति मान्छे घर आए। मलाई कता भागूँ, कता भागूँ भयो। तर म सानी केटी कता भाग्थेँ र ? आमाले बाइसहाते धोती लगाइदिइन्। म त्यसमा फनफनी बेरिएँ। आखिर धोती मैले फुकाउन नसक्नेगरी जेलियो। म जग्गेमा बसेँ। छेउमा केटो बस्यो। उसले जामा र पगरी लाएको थियो। नाम रै’छ, सूर्यप्रसाद खनाल। पूजापाठ भो। सिउँदोमा सिन्दुरको धर्को बस्यो। आखिर डोली चढ्ने बेला आयो। मेरा हिक्का छुट्न थाले। सप्पै मिलेर मलाई डोलीमा सुताइदिए। हिँड्ने बेला आमाले मसिनो आवाजमा भनिन्, ‘नानु, भोक लागे दही खानू।’ गुम्लुंग चारैतिर छोपेको डोलीभित्र रुँदारुँदै म निदाएछु। पछि, आमाजूले ब्युँझाइन्, ‘नानी। भोक लाग्यो ? क्यै खान्छ्यौ ?’ ‘नाई।’ ‘अटेरी नगर, खाऊ।’ ‘खान्ना भनेपछि खान्ना।’ साँझपख घर आइपुग्यो। राति म सासूसितै सुतेँ। झल्याँस्स-झल्याँस्स घरको सम्झना आउँदा हिक्का छुट्थे। कोल्टे परेर रातभरि रोएँ। किनभने, मेरो बिहे भइसकेको थियो। त्यसबेला म १० वर्षकी थिएँ। ….
‘दुलहीले खाना पकाउनुपर्छ।’ बिहान सबैले भने। म त रातभरि रोएकिले कमजोर भइसकेकी थिएँ। मलाई पकाउनै मन लागेन। कहाँकी मान्छेलाई कहाँ ल्याइपुर्याए ? ‘बुहारी, खुरुक्क पकाऊ,’ सासुले कर गरिन्। मैले रुँदै फुरौला पकाएँ। लहरै भान्सामा बसेकालाई बाँडिदिएँ। पछि त अझ के भन्न थाले भने, दुलाहा र दुलहीले सँगै खानुपर्छ रे। मैले अलिअलि खाएँ। छेउमै दुलाहा थियो। मलाई त ऊतिर हेर्नै मन लागेन। देख्यो कि रिस उठ्थ्यो। सोच्थेँ, मसित नै किन बिहे गर्नुपरेको होला ? त्यही दिन म माइत फर्किएँ। फेरि भोलिपल्ट ससुराले घर लगे। पाँच दिनपछि फेरि माइत आएँ। उकालो-ओरालो हिँड्दाहिँड्दै म थाकिसकेकी थिएँ। माइतमै एक हप्ता बित्यो। ‘सोह्रौं दिन घरमा बस्नुपर्छ’ भन्दै ससुरा लिन आए। सोह्रौं रात किन घरमा बस्नुपर्छ, मलाई थाहा थिएन। अहिले पनि थाहा छैन। सोह्रौं रातको भोलिपल्टै मलाई लिन दाइ आइपुगे। त्यसपछि धेरै दिन म घर गइना। म माइतमै बसेँ। आफू जन्मेको आँगनमा रमाएँ। दिन फेरि उस्तै भए। माइतमा एक वर्ष कसरी बित्यो, थाहै भएन। चैतको अन्तिम हप्ता थियो, सायद। आमाजू टुप्लुक्क आइपुगिन्। उनलाई देखेर म झस्किएँ। ‘धेरै दिन भो साइली अब घर हिँड,’ आमाजूले भनिन्। ‘जान्ना,’ म अन्कनाएँ। आमाजूले खुब फकाइन्। नगई सुख भएन। पर्सिपल्टै दाइ आइपुगे। दाइले सोचेछन्, ‘बैनी खुब रोइहोली।’ फेरि म माइत फर्किएँ। तिनै आँगन, वन, पाधेरो, जुरेलीसँगै रमाएँ। सबै ठिक थियो। तर, एकदिन गोठालो जाँदा वनमै बेस्मारी चक्कर आयो। उल्टी भो। उँधोउँभोले मलाई न्याक्न थाल्यो। गोडा लगलगी काँप्न थाले। एकदिन धारामा पानी लिएर फर्किंदा बारीको डिलबाट म गाग्रीसँगै पछारिएँ। अबेरसम्म बेहोस भइछु। माइली आमाले देखेर आफ्ना घर लगिछन्। पौने एकघन्टा पछि म ब्युझिएँ। ‘तिमी त बेहोस भइछौ,’ काकाले भने। काका अलिअलि झारफुक पनि गर्थे। बेसार र अक्षता मुछेर फुकिदिए। ‘मलाई के भा होला, काका ?’ ‘मसान ला रै’छ,’ काकाले भने, ‘मैले फुकिदिएँ, अब सन्चो हुन्छ।’ म घर आएँ। आमा मेरो हाल देखेर भक्कानिइन्। एक हप्तापछि हतारिँदै आमाजू आइन्। म कमजोरीले सुतिरहेकी थिएँ। उता केटालाई पनि उँधोउँभो भएछ। ‘साइली,’ आमाजूले सुनाइन्, ‘तिम्रो हातको पानी खान पाए त सन्चो हुन्थ्यो कि भन्या छ।’ ‘जान्ना,’ म झर्किएँ, ‘मरे पनि के भो।’ ‘त्यस्तो नभन, साइली,’ उनी निरास भइन्, ‘मेरो भाइ मर्यो भने …।’ आखिर म आमाजूका पछि लागेँ। घर पुग्दा त उनी पिँढीमा कम्मलमा बेरिएर भित्तामा अडेस लागेका रै’छन्। उनको छेउछाउ पिँढीमा अरू पनि मान्छे थिए। आँगनमा मलाई देखेर गाइँगुइँ भयो। उनका आँखा बन्द थिए। ‘आमा आ’को हो ?’ उनले सुस्त सोधे। ‘हो बाबु। आई।’ ‘छेउमा बस्न भन्दिनू न,’ उनको आवाज पनि एकदम कमजोर भइसकेको थियो। बिचरा खुब दुब्लाएछन्। हड्डी मात्र थिए। गालाका हड्डी पनि ठूल्ठूला देखिन्थे। ‘यता बस त, साइली,’ सासूले उनको छेउ देखाइन्। ‘बस्दिना।’ ‘पानी देऊ बुहारी,’ रुन्चे स्वरमा सुसुराले भने। म अन्कनाएँ। मान्दै मानिना। सासू जंगिइन्। मैले दुई चम्चा पानी ख्वाइदिएँ। उनले घुटुक्क निले। पछि छेउछाउका अरू मान्छेले सुनाए, ‘अघिसम्म त खानै मानेको थिएन। अहिले खुरुक्क खायो।’ एकरात त बित्यो, भोलिपल्ट एकरत्ति पनि घरमा बस्न मन लागेन। ‘अब म बस्दिना।’ ‘बिरामी छ,’ अरूले सम्झाए, ‘छोडेर नजाऊ।’ ‘जान्छु भनेपछि जान्छु जान्छु,’ मैले ढिपी लिएँ। आखिर म एक्लै माइत हिँडेँ। ‘ज्वाइँलाई कस्तो छ ?’ घर पुग्दा आमाले सोधिन्। ‘के छ, के छ,’ मैले हात नचाएँ। ‘पानी ख्वाइनौ ?’ ‘अँ,’ मैले ढाँटे, ‘एक कचौरा ख्वाएँ।’ वैशाख लाग्यो। हाँगामा कलिला पात पलाए। मेरो ज्वरो पनि पलायो। उता उनको पनि फर्केछ। आमालाई चिन्ताले सताउन थाल्यो। एकदिन ज्योतिष काकाकोमा एक बटुको चामल र पाँच रुपैयाँ लिएर गइन्। ‘एउटा जान्छ,’ काकाले भनेछन्, ‘खड्को छ।’ घर फर्केर आमा रातभरि रोइन्। त्यसपछि त मैले धेरैपल्ट आमालाई रोएको देखेँ। ‘किन रो’को ?’ ‘त्यस्सै,’ आमाले ढाँटिन्। गाउँभरि हल्ला पनि फैलिएछ- दुइटै बिरामी छन्, एउटा जान्छ अरे।’ वैशाखका अन्तिम दिन थिए, उता घरबाट खबर आयो, ‘त्यसको मुख नहेरी मर्दिना भन्या छ।’ उनलाई त साह्रै भएछ। मलाई लिन जेठानी आइन्। म पनि थलिएर उठ्नै नसक्ने भएकी थिएँ। गाउँकै एकजना नेवार दाइले बोकेर लगिदिए। म आइपुगेको थाहा पाउनेबित्तिकै सासूले भनेछन्, ‘पानी ख्वाउन भन्दिनू।’ नेवार दाइले मलाई उनकै छेउमा राखिदिए। मैले आफ्ना काँपिरहेका हातले तीन-चार चम्चा पानी ख्वाइदिएँ। भोलिपल्ट मलाई बस्नै मन लागेन। ‘घर जान्छु’ भनेर कर गर्न थालेँ। कसैले नमानेपछि एक्लै हिँडिदिएँ। अहिले लाग्छ, त्यस्तो चक्कर लाग्दालाग्दै पनि म कसरी माइत पुगेँ ? मलाई त बाटोमै ढलेर मर्छु कि जस्तो लाग्या थ्यो। ‘किन हिँडेर आ’की ?’ आमाले सोधिन्। ‘मर्न लागेँ म त,’ यत्ति भनेर म ओछ्यानमा पछारिएँ। एक हप्तापछि उनको घरतिरबाट दुईजना मगर आएछन्। वरिपरिका घरमा सोधेछन्, ‘सलंग इस्तरपानी भट्टाकी छोरीको घर कुन हो ?’ ‘किन ?’ ‘उहाँको लोग्ने बित्नुभो।’ गाउँभरि हल्लाखल्ला मच्चिएछ। सबैले हाम्रो घर देखाइदिएछन्। मगरहरू घरको पिँढीमा थचक्क बसे। मैले केही पनि नखाएको पाँच दिन भइसकेको थियो। काका हतारिँदै आए। केरा र घ्यु पकाए। ‘खाऊ त, नानी।’ ‘खान्ना।’ ‘काकाले कस्तो माया गरेर पकाको,’ अरूले सम्झाए, ‘खाऊ नानू।’ मैले अलिअलि निलेँ। हतारिँदै गाउँका नेवार दाइ पनि आइपुगे र मलाई बोके। म घर पुग्दा त उनलाई मसानघाट लगिसकेका रै’छन्। तीन घन्टा टाढा। ससुरा किरिया बस्ने तयारीमा थिए। ‘मेरो छोरा त गयो। मेरा पोइ पनि मर्छन्,’ राति सासु कराइन्, ‘किरिया यसैले बस्नुपर्छ।’ ‘यस्ती बिरामी छन्,’ नेवार दाइले सम्झाए, ‘किरिया नबसाल्नुस्।’ ‘जे हुन्छ, हुन्छ,’ सासु राँक्किइन्, ‘मरे पनि मर्छे।’
मैले देखेँ, नेवारदाइले सुटुक्क आफ्ना आँसु पुछेका थिए। सबैले मलाई धारामा लगे। मेरा चुरातिर ढुंगा सोझ्याए। एक हप्ताअगाडि चुरौटेले टम्म लाइदिएका हरिया र राता चुरा मेरा नाडीभरि थिए। मेरो सातो गयो। ‘नफुटाल मेरा चुरा,’ म रोएँ। ‘पछि राम्रा लाउली, नानू।’ र, झर्यामझुरुम मेरा चुरा फुटाले। सिन्दुर पखालिदिए। सेतो धोतीले फनफनी बेरिदिए। त्यसपछि, त मैले हनहनी ज्वरोमा पनि एघार दिनसम्म नुहाएँ। केही खान मन थिएन। पेट सुक्दै जान थाल्यो। ‘भात पकाएर खाऊ’ भनेर धेरैले सम्झाए। म पकाउँथेँ तर धारामा घोप्टयाएर फर्किन्थेँ। बाह्रौं दिनमा नुन खुल्यो। तैपनि मैले केही खान सकिना। यसरी ज्वरोले न्याक्दा, एघार दिनसम्म भोकै बस्दा, हरेक दिन नुहाउँदा पनि म बाँचेँ। ‘यो पनि मर्छे कि भन्ने ठान्या थेँ,’ सासुले बचन लगाइन्, ‘बाँची।’ त्यसपछि मलाई एकछिन पनि बस्न मन लागेन। ‘माइत जान्छु’ भन्दै रुन थालेँ। ‘जाने भए जा,’ सासु फनफनिइन्, ‘तर यो एउटा खड्कुलो माँझेर जा।’ म झन् रुन थालेँ। कमजोरीले रिंगटा चल्न थाल्यो। ‘भो यता रुवाएर नराखम्,’ आमाजूले यत्ति भनेपछि मैले बाटो पाएँ र थकित पाइला लतार्दै माइत फर्किएँ। हरियो सारी र ब्लाउजभित्र सुक्नसम्म सुकेको ज्यान। बुच्चा नाक र कान। रित्ता नाडी। आफैलाई देख्दा भक्कानो छुट्थ्यो। त्यसैले दिउँसै गाउँ पस्न सकिना। दिनभरि नजिकको वनमा लुकेर बसेँ। म आफ्नो फेरिएको रूप लिएर कसैका अगाडि उभिन नसक्ने भएकी थिएँ। साँझपख बारीमा छेलिँदै-छेलिँदै मैले माइतीको आँगन टेकेँ। रातभरि ऐनामा आफ्ना बुच्चा कान र नाक हेर्दै रोइरहेँ। म ११ वर्षकी बिधवा। …. एक वर्ष बित्यो। म श्राद्धमा गएँ। भोलिपल्टै फर्किएँ। त्यसपछि फेरि कहिल्यै गइना। तीन वर्ष फेरि पहिला जसरी नै बिते। वन जान्थेँ। घाँस काट्थेँ। फरक यत्ति थियो, अब मसित चन्चलता थिएन। अरू पनि मलाई बिधवा ठान्थे। पछिपछि धेरै केटाहरूले वनमा पछ्याए। ‘मसित बिहे गर,’ कतिले त भनी पनि हाल्थे। ‘मसित यस्ता कुरा नगर।’ यसरी अरूले पछ्याएको घरमा पनि थाहा भो। आमा र दाइले मेरो सातो लिए, ‘तैंले फेरि बिहे गरिस् भने यो घरमा पाइला नटेक्नू।’ मेरो आफ्नो भन्नू यही त एउटा घर थियो, म कसरी फेरि नफर्किने गरी जान सक्थेँ र ? धेरैले पछ्याउन थालेपछि मैले वनै जान छोडिदिएँ। ठूली आमाको छोरा -दाइ) काठमाडौंमा थिए। एकदिन मैले उनकै भरोसामा भनिदिएँ, ‘आमा अब म ‘नेपाल’ जान्छु।’ आमा छक्क परिन्। केही दिनमै दाइले काठमाडौंमा मलाई काम खोजिदिएछन्। उनको कुरा सुनेर घरका दाइले पनि मलाई रोक्न खोजेनन्। ‘साँच्चै ता जान लागिस् ?’ थाहा पाइछन् क्यारे आमाले पनि, सोधिन्। ‘अँ … म नगई छाड्दिना।’ हिँड्ने बेला आमाले दाइलाई रुन्चे स्वरमा यत्ति भनिन्, ‘जानै आँटी। यसको ख्याल राखिदिनू।’ र, मैले दोस्रोपल्ट माइत छाडेँ। त्यतिबेला म १५ वर्षकी थिएँ। … राजा महेन्द्र मरेको भोलिपल्ट म काठमाडौं आइपुगेकी थिएँ। दाइले जाउलाखेलमा एउटा कर्मचारीका घरमा भाँडा माझ्ने र भात पकाउने काम खोजिदिएका थिए। घरमा उनकी श्रीमती, सानो छोरा र एउटी बहिनी थिए। मेरो तलब १० रुपैयाँ भयो। कर्मचारी पनि कस्ता भने, बिहान छ बजे नै अफिस जाने तर भात खाएरै। मलाई घडी हेर्न आउँदैनथ्यो। घडी पनि भए पो Û कति बज्यो, म थाहा पाउँदिनथेँ। भान्सामा सुत्थेँ, जब झल्याँस्स ब्युँझन्थेँ, भात पकाइहाल्थेँ। अनि कुर्न थाल्थेँ। कहिलेकाहीँ त राति एघार बजे नै भात पकाउँथेँ कि के हो, रातभरि जाग्राम बस्थेँ। एकदिन उनले एउटा नोट दिँदै भने, ‘नानी छोरालाई कापी ल्याइदेऊ।’ म पसल गएँ, कापी मागेँ र पैसा दिएर फर्कें। ‘फिर्ता खोई ?’ उनले सोधे। ‘के ?’ म त छक्क। ‘पैसा।’ मलाई के थाहा कतिको नोट थियो, त्यो। ‘तिमीलाई थाहा छैन ? मैले कतिको नोट दिएको थिएँ ?’ म बोलिना। ‘पढ्न आउँदैन ?’ ‘आउन्न,’ मैले सुकेको आवाजमा भने। उनले बहिनीलाई बोलाएर भने, ‘आजैदेखि यिनलाई पढ्न सिकाऊ।’ आखिर मैले डेढ महिनामै अक्षर चिनेँ र बांगाटिंगा अक्षरमा पहिलोपल्ट आफ्नो नाम लेखेँ, ‘सावित्री खनाल।’ त्यतिबेला म १६ वर्षकी थिएँ। … आफैले चिठी लेखेर घर पठाएपछि घरमा पनि सबै खुसी भए- ‘नेपाल गएर राम्रै गरिछ।’ चार महिनापछि, एउटा दुधवालाले मलाई थापाथलीमा काम खोजिदियो। १५ रुपैयाँ तलब दिने भएछन्। कर्मचारीले ‘छाडेर नजाऊ’ भनेकै थिए, तर साँझको मौका पारेर सुटुक्क भागेँ। त्यो कर्नेलको घर रै’छ। मैले त्यहाँ काम गर्नेहरूका लागि खाना पकाइदिनुपथ्र्यो। ०३१ सालमा हाम्रै गाउँका विष्णुप्रताप शाहसित भेट भएको थियो। मैले ‘अलि राम्रो काम’ खोजिदिन आग्रह गरेकी थिएँ। ४० सालमा उहाँ सञ्चार सचिव हुनुभो। केही दिनपछि, शुक्रबार दुई-तीनजना पुलिस आएर मलाई भने, ‘सञ्चार सचिवले बोलाउनु भा’छ।’ म गएँ। उहाँ भानुभक्त मेमोरियल स्कुलका अध्यक्ष पनि हुनुहुन्थ्यो। ‘अब तिमी भानुभक्त स्कुलमा जाऊ,’ उहाँले भन्नुभो, ‘काम खोज्द्या छु।’ ‘हुन्छ।’ ‘आइतबार जानू।’ र, आइतबार मैले भानुभक्त मेमोरियल स्कुलको आँगन टेकेँ। त्यतिबेला म २९ वर्षकी थिएँ। … स्कुलमा मैले ससाना नानीहरूको ख्याल राख्नुपथ्र्यो। स्कुलमा कुचो लाउने, नानीहरूको कपडा धुने, खाना ख्वाउने। यी मैले खोजेजस्तै काम थिए। मन भुल्थ्यो नि त। तलब पनि ४ सय रुपैयाँ भयो। यसरी दस वर्ष अरू बिते। ०५० साल। एकजना साइन्स पढाउने रौतहटतिरका सर आए। उनले मलाई मन पराएछन् कि के हो, झ्याम्मिन आउँथे। नजिक-नजिक-नजिक हुन थाले। ‘किन पछ्याएको ?’ म झर्किएँ। ‘मसित बिहे गर,’ उनले भनि त हाले। ‘मसित अब आइन्दा यस्तो कुरा नगर्नू,’ मैले धम्काएपछि उनी हच्किए। नजिक आउन छाडे। त्यही नै अन्तिम बिहेको आग्रह थियो। त्यतिबेला म ३९ वर्ष थिएँ। …
अहिले आफ्नो अतिततिर र्फकंदा म त छक्क पर्छु, एक्लै यति लामो बाटो हिँडेर यहाँसम्म कसरी आइपुगे ? दाइहरू आफ्नै घरजममा खुसी छन्। ०५८ सालमा आमा बितेपछि बल्ल म बेहोसीबाट झल्याँस्स ब्युँझिएजस्ती भएकी थिएँ। आमा नै त थिइन्, परिवारसित गाँस्ने एउटै त्यान्द्रो, त्यो पनि चुँड्यो। आमा गएपछि, म अचानक काठमाडौंको भिडमा एक्लिएँ। बालखैमा बिहे भयो। श्रीमानको अनुहार पनि सम्झना छैन। ४० सालमा नागरिकता बनाउँदा उनकै थर ‘खनाल’ राखेर बनाएँ। अब त आफ्नो भन्नु त्यही एउटा थर छ। धादिङ छाडेर सासू-ससुरा पनि चितवन लरखुट्टे बसाइ सरे। चितवन जान सजिलै छ। बेलाबेला जान्छु। त्यहीँ मैले पनि सानो घडेरी किनेकी छु, घर बनाउन त के सकूँला र ? बनाए पनि बस्ने को ? दिनभर स्कुलका नानीहरूसित रमाउँछु। ‘आन्टी’ भनेर बोलाउँदा आँत शान्त हुन्छ। जुन बाल्यकाल आफूले बिताउन पाइना, अहिले हेर्न त पाएकी छु। दिन त नानीहरूसित बित्छ, रातभरि भने ऐठन पर्छ, परिआउँदा ‘लौ न नि’ भनेर बोलाउने कोही छैनन्। ‘उमेरमा बिहे गर्नुपर्ने। जानिना मैले,’ अचेल यस्ता कुरा खेलिरहन्छन्। आफूलाई मन परेका सप्पै कुरा त कहाँ पाइन्छ र ? मजसरी त एक्लै कोही पनि नबसून्। भर्खरै सर्कारले बिधवासित बिहे गर्नेलाई पचास हजार रुपैयाँ दिने घोषणा गर्यो। म त भन्छु, ‘पैसाको मुख नहेर। कसैले मन पराउँछ भने बिहे गर।’ उमेरमा ‘जसरी भए पनि जीवन काटूँला’ जस्तो लाग्छ। उमेर ढल्किँदै गएपछि, पछुतो लाग्दै आउँदो रै’छ। त्यसैले त म अचेल निदाउन सक्दिना। रातभरि सोचिरहन्छु, अब कसरी बित्ला जीवन ? किनभने अब म ५६ वर्षकी भइसकेँ।
-उपेन्द्र समूहलाई मान्यता
निर्वाचन आयोगले उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरमलाई आधिकारिता प्रदान गरेको छ । निर्वाचन आयोगले सर्वसम्मत निर्णयबाट फोरमको आधिकारिकता सम्बन्धी फैसला गरेको हो। आयोगले विजय गच्छदार समूहलाई अर्को दल दर्ता गर्न भनेको छ । निर्वाचन आयोगले बहुमत केन्द्रीय सदस्य यादव समूहसँग रहेको आधारमा सो समूहलाई आधिकारिता प्रदान गरेको हो । निर्वाचन आयोगले मधेशी जनअधिकार फोरमको ४२ सदस्यीय केन्द्रीय समितिलाई मान्यता प्रदान गरेको छ । फोरमको विधानमा ४२ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति रहने व्यवस्था छ । आयोगले गच्छदार समूहसँग १७ जना मात्रै केन्द्रीय सदस्य रहेको जनाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले फोरम संसदीय दलका तत्कालिन नेता बिजयकुमार गच्छदारलाई उप प्रधानमन्त्री बनाएपछि फोरमको संस्थापन पक्षले गच्छदार सहित ७ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निस्कासित गरेको थियो । त्यसपछि गच्छदार समूहले पार्टीको पार्टीको केन्द्रीय सदस्य र संसदीय दलमा आफ्नो बहुमत रहेको भन्दै आधिकारिकता दावी गर्दै नर्वाचन आयोगमा निवेदन दर्ता गरेको थियो । गच्छदार सहित ७ केन्द्रीय सदस्यलाई पार्टीबाट निस्कासित गर्दा फोरम केन्द्रीय समिति ३५ सदस्यीय रहेको थियो ।
-उपराष्ट्रपतिको हिन्दी शपथ सर्वोच्चद्वारा बदर
एक वर्षदेखि थाती रहेको उपराष्ट्रपतिको हिन्दी भाषाको शपथसम्बन्धी मुद्दामा आज फैसला दिँदै सर्वोच्च अदालतले उनको त्यो शपथ संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको छ। संघीय गणतन्त्र नेपालमा भाषासम्बन्धी व्यवस्थाबारे चर्काचर्की बहस चलिरहेको बेला आज सर्वोच्चले गरेको फैसलामा नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्ने उल्लेख छ। यसले हिन्दी भाषालाई मान्यता दिनुपर्छ भन्दै वकालत गर्दै आएका मधेसवादी दलहरुलाई गम्भीर आघात पुगेको छ। उनीहरुले सार्वजनिक रुपमा यसको प्रतिकार गर्ने संभावना बलियो छ। किनभने, केही मन्त्रीहरुले खुला रुपमा नै सार्वजनिक कार्यक्रममा हिन्दीमा बोल्दै आएका थिए। केही मन्त्री र सभासदहरुले हिन्दी भाषामा नै शपथ लिएका थिए। अहिले अलिकति पनि संयम नराख्ने हो देशलाई विग्रहको बाटोतर्फ उन्मुख गराउने षड्यन्त्र हुनसक्छ। ‘हिन्दीप्रेमी’ सभासदहरुले संविधान सभाको अवधारणा पेश गर्ने क्रममा नै बबाल गरिसकेका थिए। सत्ताबाट बाहिरिएको मधेसी जनअधिकार फोरमलाई यो मुद्दा जनतामा पहुँच बढाउन एउटा हतियार हुनसक्छ। त्यसो त उपराष्ट्रपति परमानन्द झा दुई टुक्रामा फुटेको फोरमको कुन पक्षलाई समर्थन गर्छन्, त्यो प्रष्ट भइसकेको छैन। तर कामै नपाएको भन्दै गुनासो गरिरहेका उपराष्ट्रपतिलाई राजीनामा गर्ने यो राम्रो मुद्दा बन्न सक्ने संभावना छ। उनी आफ्नो ‘हिन्दी अडान’ लाई कायम राख्दै हिन्दीका वकालतकर्ताहरुमाझ हिरो बन्ने प्रयास गर्न सक्छन्। सर्वोच्चले शपथ बदर गरे पनि फेरि शपथ लिन आदेश दिएको छैन। तर शपथ बदर गर्नुको अर्थ उनको अहिलेसम्मका कुनै पनि कामकारबाही र भविष्यमा हुने कामकारबाही पनि बदरभागी हुने भनेकै हो भन्ने अर्थ लगाउन मिल्छ। उनले अब कि नेपाली भाषामा शपथ लिनुपर्छ कि राजीनामा दिनुपर्छ। जिम्मेवारी नै छैन भन्दै गुनासो गरिरहेका र प्लस टुको विज्ञापनमा समेत देखापरेका उपराष्ट्रपतिले त्यसो गर्ने संभावना मैले चाहिँ कम देखेको छु। यदि उनले नेपालीमा पुनः शपथ लिए देशका लागि राम्रो हुने थियो। हेरौँ, उनले के गर्नेछन्
-‘महावाणी’को रहर
प्रधान सेनापति रुक्माङ्गद कटवालले देशभरका सबै सैनिक कार्यालयमा आफ्नो ‘महावाणी’ आफ्नो नामसहित पोत्न लगाउने निर्देशन जारी गरेछन्। पहिले राजामहाराजाको त्यस्तै ‘महावाणी’ सेनाका कार्यालयहरुमा पोतिएको हुन्थ्यो। अहिले पनि केही कार्यालयमा ‘नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पति हो’ भन्ने वाक्य पोतिएकै छ। प्रधानसेनापतिलाई यही महिना आफूले अवकास पाउनु अघि आफ्नो नाम पनि पोत्न मन गरेछन्। सेनाको काम लेख्ने र पोत्ने मात्रै हो कि के हो ? के व्यर्थको विवाद बेकारमा ! उता जाजरकोट र आसपासका जिल्लाहरुमा झाडापखालाले मान्छे मर्यामर्यै छन्। नारा पोत्न र मेट्न छाडेर अनि त्यही कुरामा के के न भए जस्तो व्यर्थको विवाद गर्न छाडेर मान्छे मर्नबाट रोक्न जाऊ न, कि कसो ?




![4912_1143619119622_1501802880_364709_5827152_s[1] 4912_1143619119622_1501802880_364709_5827152_s[1]](http://nepalchautari.files.wordpress.com/2009/06/4912_1143619119622_1501802880_364709_5827152_s1.jpg)


